विद्यालयमा गुणस्तरीयहिन शौँचालय बनाएको आरोप, वडाध्यक्ष भन्छन-'निर्माण रोक्न खोज्दैछ'
केही दिनदेखि परीक्षामा व्यस्त रहेको बताउँदै उनले आज गएर हेर्ने बताए ।

२०७८ असोज ६ बुधबार, बिहान ९:१५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकास्थित एक विद्यालयमा निर्माणधीन विद्यालयको शौचालय निर्माणमा समेत अनियमितता भइरहेको आरोप लगाइएको छ ।
कमला नगरपालिका वडा नम्बर १ मँगराहा टोलस्थित रहेको मावि मँगराहामा ७ लाख रुपैयाँको बजेटमा निर्माण भइरहेको शौचालयमा अनियमितता भइरहेको गुनासो स्थानीयहरुले गरेका छन् ।
विद्यालय जस्तो क्षेत्रको लागि निर्माण भइरहेको शौचालयमा २ नम्बरको ईँट (कमसल), सिमेन्टको मात्रा कम, कम एमएमको फलामे रड प्रयोग गरेको आरोप स्थानीयवासीहरुले लगाएका छन् ।
१ हजार भन्दा बढी विद्यार्थीको सँख्या रहेको मँगरामा माविमा महिला र पुरुषको लागि अलगै अलगै ४ कोठे शौचालय निर्माणको लागि ७ लाख रुपैयाँ बजेट वडास्तरीय छुटयाएको छ ।
स्थानीय रामबाबु यादव, नथुनी मण्डल, विन्देश्वर राय र राम अशिष महरा निर्माण समितिमा रहेका छन् । निर्माण समितिका अध्यक्ष बनाइएका राम अशिष महरालाई शौचालय निर्माण बारे कुनै जानकारी नै नभएको बताउँछन् ।
निर्माण हुन लागेको शौँचालयको हद ५ फिट मात्र गहिरो रहेको पाइएको छ । १००० बढी विद्यार्थीको चाप हुने विद्यालयमा ५ फिट मात्र गहिरो शौचालयको हदले महिनाभर पनि थेग्न नसक्ने भन्दै स्थानीयहरुले शौचालयको हद अझै गहिरो र मापदण्ड अनुसार बनाउनुपर्ने माग गरेका छन् ।
सो सन्दर्भमा विद्यालयका प्रधानाध्यापक जीतेन्द्र कुमार महराले शौचालय निर्माण भइरहेको तर त्यसमा अनियमितता भइहरेको बारे आफूलाई अहिले थाहा नभएको प्रतिक्रिया दिए । केही दिनदेखि परीक्षामा व्यस्त रहेको बताउँदै उनले आज गएर हेर्ने बताए ।
विद्यालयमा निर्माण भइरहेको शौचालय बलियो हुनुपर्ने धारणा राख्दै प्रअ महराले निर्माणमा कमसल वस्तु प्रयोग भएको पाइएमा सच्याउन लगाउने पनि बताए ।
यता, वडा नम्बर १ का वडाध्यक्ष राजकुमार यादवले शौचालय निर्माणमा कुनै अनियमितता नभएको दाबी गरेका छन् । केही व्यक्तिहरु आफ्नो नीजि स्वार्थ सिद्ध गर्नको लागि यस्तो आरोप लगाउँदै शौँचालय निर्माण रोक्न खोजेको बताएका छन् ।
विगत २ बर्षदेखि यही विवादका कारण विद्यालयको शौँचालय बन्न नदिएकोप्रति आपत्ति जनाउँदै वडाध्यक्ष यादवले २ बर्षदेखि बजेट फिर्ता हुने गरेकोमा यसबर्ष जसरी पनि शौँचालय बनाउने प्रण लिएको बताए ।
उनले विद्यालयको बालबालिकाहरुको सुविधाको लागि शौँचालय निर्माण अति आवश्यक रहेको बताउँदै शौँचालय अभावमा समस्या हुने गरेको छ । नगरपालिकाको ईन्जिनीयर, प्राविधिकले तयार गरेको मापदण्ड अनुसार नै शौँचालय निर्माण भइरहेको दाबी उनले गरे ।
२ नम्बर ईँट प्रयोगको सन्दर्भमा वडाध्यक्ष यादवले शौँचालय निर्माणको क्रममा २ नम्बरको ईँट प्रयोग नगरिएको बताउँदै शँका लागेकोलाई प्रत्यक्ष रुपमा आएर हेर्न चुनौती समेत दिए ।
उनले भने,–“विद्यालय जस्तो क्षेत्रमा गुणस्तरीयहिन काम गर्नको लागि नैतिकताले पनि मान्दैन । म आफ्नै रेखदेखमा शौँचालय निर्माण कार्य सुरु गराएको छु । अहिले विगत ५ दिनदेखि विरामी भएर घरमा बसेको छु । त्यस्तो केही भएको जानकारी मलाई छैन, यति केही गडबड भएको छ भने सुधार गरेर मात्र निर्माण अगाडी हुन्छ ।”
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…