बाल दिवसमा सर्लाहीको जनशक्ति युवा क्लबले बालबालिकालाई शैक्षिक समाग्री बाँडे
चक्रघट्टा गाउँपालिका वडा नम्बर ५ स्थित रहेको जनता माध्यमिक विद्यालयमा लगभग ४०० जना छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरिएको जनाइएको छ । यस्तै, हास्ट हाइन जनता प्राविधिक विद्यालयमा ३५०, सँस्थागत विद्यालय सनराईज ई. बोर्डिँग स्कूलमा पनि २०० जना जना छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।

२०७८ भदौ ३० बुधबार, बिहान १०:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको जनशक्ति युवा क्लबले बाल दिवसको अवसरमा विद्यालयहरुमा शैक्षिक समाग्री वितरण गरेको छ ।
सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नं ५ स्थित रहेको समुदायिक विद्यालयहरुमा शैक्षिक समाग्री वितरण गरेको हो । सो गाउँपालिकाको करिब ९०० विद्यार्थीलाई समाग्री वितरण गरेको हो ।
जनशक्ति युवा क्लबका अध्यक्ष धीरेन्द्र ठाकुरको बिशेष पहलमा बालबालिकाहरुलाई शैक्षिक समाग्री वितरण गरेको हो । बालअधिकार बालबालिकाको हकहितको क्षेत्रमा निरन्तर कार्य गर्दै आएको क्लबले बालदिवसको अवसर पारेर शिक्षाप्रति प्रोत्साहन स्वरुप शैक्षिक समाग्री प्रदान गरिएको अध्यक्ष ठाकुरले जनाए ।
संस्थाले बाल विकास र अहिलेको बालबालिकामा देखेको समस्याहरुलाई समेत दृष्टिगत गरी अन्य यस्ता कार्यक्रमहरु निरन्तर जारी राख्ने प्रतिवद्धता अध्यक्ष ठाकुरले गरे । अनलाईनबाट सो कार्यक्रमको सम्बोधन गर्दै अध्यक्ष ठाकुरले क्लबका पदाधिकारीहरुको लगनशिलतालाई प्रशँसा गरे । उनले सदस्यहरुलाई धन्यवाद ज्ञापन गरे ।

चक्रघट्टा गाउँपालिका वडा नम्बर ५ स्थित रहेको जनता माध्यमिक विद्यालयमा लगभग ४०० जना छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरिएको जनाइएको छ । यस्तै, हास्ट हाइन जनता प्राविधिक विद्यालयमा ३५०, सँस्थागत विद्यालय सनराईज ई. बोर्डिँग स्कूलमा पनि २०० जना जना छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।
क्लबका कोषाध्यक्ष संजीव चौधरीको अध्यक्षतामा तीवटै विद्यालयका प्रअहरुको सँयुक्त अध्यक्षतामा कार्यक्रम गरिएको थियो ।
वितरण कार्यक्रममा संस्थाको सचिव बलराम प्रसाद साह र कोषाध्यक्ष संजीव चौधरीले यस कार्यक्रम संचालन गर्न आर्थिक र व्यक्तिगत सहियोग गरेको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…