मसलन्द उद्योग जनकपुरको तदर्थ समिति गठन
न्यूज ब्यूरो || जनकपुरधाम, ३ चैत्त । नेपाल मसलन्द तथा शैक्षिक समाग्री उद्योग सँघ जनकपुरको तदर्थ समिति गठन गरिएको छ । आज शनिबार जनकपुरमा बसेको बैठकबाट ९ सदस्यीय तदर्थ समिति सहित एक सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ । स्टेशनरी व्यावसायीहरुको उपस्थितिमा बसेको उक्त बैठकबाट अजन्ता कापी प्रोडक्टसक

२०७४ चैत ३ शनिबार, राति १०:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ३ चैत्त । नेपाल मसलन्द तथा शैक्षिक समाग्री उद्योग सँघ जनकपुरको तदर्थ समिति गठन गरिएको छ ।
आज शनिबार जनकपुरमा बसेको बैठकबाट ९ सदस्यीय तदर्थ समिति सहित एक सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ ।
स्टेशनरी व्यावसायीहरुको उपस्थितिमा बसेको उक्त बैठकबाट अजन्ता कापी प्रोडक्टसका सँचालक दीलीप कुमार गुप्ताको अध्यक्षतामा उक्त समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा राहुल स्टेशनरीका सँचालक अशोक कुमार महतो तथा सचिवमा अमित स्टेशनरीका सँचालक अमित कुमार झालाई सर्वसहमतिले चयन गरिएको हो ।
समितिको सह सचिवमा कैलाशपुरी कापी उद्योगका समिर उप्रेती तथा कोषाध्यक्षमा राजश्री कापी उद्योगका सँचालक विनोद कुमार साहलाई चयन गरिएको छ भने सदस्यहरुमा जानकी स्टेशनरी उद्योगका लक्ष्मण गुप्ता, आदित्य स्टेशनरी उद्योगका ज्ञानेश्वर यादव, ढुँगाना कापी उद्योगका अच्युत्तम ढुँगाना र जगदीप कापी उद्योगका विन्देश्वर साहलाई चयन गरिएको हो ।
यस्तै समितिको ुसल्लाहकारमा भने अम्बिका स्टेशनरी उद्योगका सँचालक अरुण कुमार गुप्तालाई चयन गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…