प्रदेश २ः मन्दिर परिसरभित्र रहेको मुख्यमन्त्री गद्दीको होडिङ बोर्ड जलाइयो
यसअघि जनकुरधामस्थित जानकी मन्दिरमा लगाइएको होर्डिङ बोर्डहरु समेत स्थानीय केहि युवाले भत्काइदिएका थिए ।

२०७८ भदौ २९ मंगलबार, बिहान १०:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । प्रदेश नम्बर २ को मुख्यमन्त्री मो. लालबाबू राउत गद्दीको तस्विर अँकित पोष्टर मन्दिर परिसरबाट जलाइएको छ ।
गद्दीको फोटो लगाइएको होर्डिङ् बोर्ड जलाएको भन्दै एक जना अभियानीलाई प्रहरीले सप्तरीबाट पक्राउ गरेको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भारदहस्थित कंकालिनी मन्दिर प्राङणमा प्रदेश सरकारको स्वच्छता अभियान सम्बन्धी होर्डिङ बोर्ड जलाएको भन्दै राष्ट्रिय एकता अभियानकी उपाध्यक्ष सुनिता साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय भारदहको टोलीले साहलाई पक्राउ गरेको सप्तरी प्रहरीका प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।
उनका अनुसार, पक्राउ परेकी साहलाई जिल्ला प्रहरी कार्यालय, राजविराज ल्याउने तयारी भइरहेको छ ।
मन्दिर प्राङ्णभित्र होर्डिङ् बोर्ड लगाएर मन्दिरको सौन्दर्यतामा असर पारेकाले आफूहरुले जलाएको अभियानकी उपाध्यक्ष साहले बताएकी छन् ।

यसअघि जनकुरधामस्थित जानकी मन्दिरमा लगाइएको होर्डिङ बोर्डहरु समेत स्थानीय केहि युवाले भत्काइदिएका थिए ।
अभियानी साहलाई पक्राउ गरेपछि राष्ट्रिय एकता अभियानले एक प्रेस विज्ञप्ती जारी गर्दै उनलाई रिहाईको माग गरेको छ । समाजिक सँजालमा समेत साहको रिहाईको माग विभिन्न तवरबाट गरिएको छ ।
मन्दिरमा बली प्रदान गर्ने स्थलमै मुख्यमन्त्री गद्दीको बोर्ड सुनुयोजित र षडयन्त्रपूवर्क लगाएको ठहर गर्दै अभियानले बारम्बार बोर्ड हटाउन चेतावनी दिएपनि नहटाएपछि बोर्ड जलाएको बताइएको छ ।
विज्ञप्तिमा अभियन्ताहरुले बोर्ड जलाएको बताउँदै राष्ट्रि एकता अभियानकी उपाध्यक्ष समेत रहेकी साहलाई यथाशिघ्र रिहाई गर्न माग गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…