सुरक्षा चुनौति

नेपाल-भारत बोर्डर ४८ घण्टाको लागि सील हुने

नेपाली सुरक्षा अधिकारीवाट हुदै आएको सहयोगको प्रशँसा गर्दै आगामी चुनावमा समेत कडाईको अपेक्षा राखे । 

२०७८ भदौ २८ सोमबार
दिउसो ३:४२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल र भारतका सुरक्षा अधिकारीहरुको बैठकबाट नेपाल भारत बोर्डर (सीमा) ४८ घण्टाको लागि सील गर्ने निर्णय गरिएको छ । 

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थित सोमबार बसेको दुवै देशको सुरक्षा निकायका अधिकारीहरुको सँयुक्त बैठकबाट छिमेकी मुलुक भारतको बिहारमा हुन लागेको चुनावलाई दृष्टिगत गरी बोर्डर सील गर्ने निर्णय गरेको हो । 

भारतको बिहारसँग जोडिएको नेपाल–भारतको सीमामा ४८ घण्टा कडाई गरी चुनावलाई शान्त माहौल प्रदान गर्ने निर्णय गरिएको हो । भारतको बिहार राज्यको मधुवनी जिल्लामा हुने ग्राम पँचायतको चुनावको लागि ४८ घण्टा बोर्डर सील गर्ने निर्णय गरेको हो । 

अगामी सेप्टेम्बर २९ अर्थात (असोज ११) गतेदेखि बिहार राज्यको मधुवनी जिल्लाको ग्रामपञ्चायत चुनावको विषयमा छलफल गर्न बसेको दुवै देशको सुरक्षा अधिकारीहरुको टोलीले सीमा सुरक्षाको लागि सघाउने सहमति भएको हो । 

११ चरणमा हुन लागेको चुनावलाई निष्पक्ष, तटस्थ तथा धान्धलीरहित बनाउनका लागि नेपालवाट पूर्ण सहयोग हुने विश्वास नेपाली सुरक्षा पक्षवाट गराइएको छ । बोर्डर सिल चुनाव हुनुभन्दा ४८ घण्टा अगाडी अर्थात सेप्टेम्बर २७ तारिख असोज ९ गतेदेखि नै बोर्डर सील गरिने भएको छ । 

खास गरेर नेपाली सुरक्षा अधिकारीहरुले सीमावर्ती क्षेत्रलाई दृष्टिगत गरी बढदै गएको अपराध सहित नेपालमा अपराध गरेर भारतीय क्षेत्रमा लुकेर वस्ने गरेको विषयमा भारतीय सुरक्षा अधिकारीको ध्यानाकर्षण समेत गराइएको हो ।

वैठकमा अवैध सामान ओसार पसारमा थप सुरक्षा सतर्कता अपनाउने विषयमा दुवै देशका सुरक्षा अधिकारीहरु सहमत भएका छन् । यसका साथै भारतीय पक्षले नेपाली सुरक्षा अधिकारीवाट हुदै आएको सहयोगको प्रशँसा गर्दै आगामी चुनावमा समेत कडाईको अपेक्षा राखे । 

धनुषा, महोत्तरी, सिरहा तथा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, नेपाल प्रहरीका प्रहरी उपरीक्षकहरु, शसस्त्र प्रहरी उपरीषकहरु, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरु तथा भारतका तर्फवाट विहारका दरभंगाका डिभिजनल कमीस्नर डा. मनिष कुमार, मधुबनी जिल्लाका डि एम अमित कुमार, मधुबनीका प्रहरी उपरीक्षक सत्यप्रकाश, एसएसबीका प्रमुख सहितका सुरक्षा अधिकारीहरुको सहभागिता रहेका थिए ।

  • 0%
  • 0%
  • 67%
  • 0%
  • 0%
  • 33%

सिरहामा दारु तस्करीको मुख्य भिल्लेन बिओपीका सशस्त्र प्रहरी, पेलिए मात्र नेपाल प्रहरी

  • २०७८ भदौ २८ सोमबार

न्यूज ब्यूरो, सिरहा । सिरहाको माडर नाकाबाट भईरहेको व्यापक दारु तस्करीमा बिओपीको मिलोमत्तो हुँदै आएको छ । सीमा सुरक्षामा खटिएका र तस्करी रोक्न मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी र सीमानाकामा

पूरा पढ्नुहोस्

Bureau Menus

} }