जनकपुरः दलितको लागि ७० वटा घर बनाउँदै मधेश सरकार, मन्त्री यादवले गरे शिलान्यास
प्रदेश सरकारले आर्थिक, सामाजिक र शैक्षिक रूपमा पछाडि परेका डोम, मुसहर, चमार र हलखोर गरी चार जातका घर निर्माण प्रक्रिया अगाडि बढाएको छ ।

२०७८ भदौ २८ सोमबार, दिउँसो १२:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश सरकारले गरिब दलितको ७० वटा घर बनाउने भएको छ । सोही क्रममा प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादवले घरको शिलान्यास गरेका छन् ।
प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तर्गत धनुषा जिल्लाको नगराइन नगरपालिका वडा नम्बर २ स्थित योजना अनुरुप ७० दलित परिवारको घर बनाउन सोमबार शिलान्यास गरेका हुन् ।
सो ठाउँमा रहेका विपन्न तथा दलित परिवारको लागि मधेश सरकारको जनता आवास कार्यक्रम अन्तर्गत ७० वटा घर बनाउन लागिएको जनाइएको छ । उनीहरुको घर परिवारको अवस्था दयनीय र रहनसहनको समेत कठिनाई भएको अवस्थामा जनता आवास कार्यक्रम लागू गर्न लागिएको बताइएको छ ।
शिलान्यास समारोहमा प्रदेश साँसद शिवचन्द्र चौधरी, मन्त्री यादवका सल्लाहकार जीवनाथ चौधरी लगायतको उपस्थिति रहेको थियो ।
प्रदेश सरकारले आर्थिक, सामाजिक र शैक्षिक रूपमा पछाडि परेका डोम, मुसहर, चमार र हलखोर गरी चार जातका घर निर्माण प्रक्रिया अगाडि बढाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…