विस्मिल्लाह नेपाल सोसाइटीद्धारा महोत्तरीको मदरसालाई खाद्यान्न
सल्लाहकार कैयूम राईन,महासचिब अ. रजाक कवारी , सचिब सलामत राईन, कोषाध्यक्ष सदाम राईन, सदस्यहरु साहिद राईन सहित मदरसाको मौलाना मुफाती ईजहारुल नबि हुसैनीलाई समाग्री बुझाएको हो ।

२०७८ भदौ २७ आइतबार, राति ९:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विस्मिल्लाह सोसाइटी ईम्प्रुभमेन्ट नामक सँस्थाद्धारा एक मदरसालाई खाद्यान्न सहयोग गरिएको छ ।
मुस्लिम समुदायका युवाहरुको समूह रहेको सोसाइटीद्धारा महोत्तरी जिल्लाको पिपरा गाउँपालिका वडा नं. २ स्थित रहेको मदरसामा खाद्यान्न सहयोग गरेको हो । त्यहाँ रहेको मदरसा दारूल वोलूम कादरिये मिस बाहुल मुस्लिममा खाद्यान्न सहयोग गरेको हो ।
विदेशमा रहेका समुहका युवाहरुले मदरसामा १ क्वीन्टल चामल, ५० किलो दाल, ५० किलो आलु, ५ दर्जन पेन, ५ दर्जन कापी, एक प्याकेट चकलेट, १ कार्टुन फ्रुटी, १० किलो तरकारी, १ किलो खुर्सानी लगायतका समाग्रीहरु सहयोग गरेको हो ।
मदरसामा अध्ययनरत बालबालिकाहरुलाई प्रोत्साहन गर्नको लागि बिस्मिल्लाह नेपाल सोसाइटी ईम्प्रूभमेन्टको संस्थापक तथा अध्यक्ष साबिर कवारीको पहल खाद्यान्न सहयोग गरिएको हो ।
सल्लाहकार कैयूम राईन,महासचिब अ. रजाक कवारी , सचिब सलामत राईन, कोषाध्यक्ष सदाम राईन, सदस्यहरु साहिद राईन सहित मदरसाको मौलाना मुफाती ईजहारुल नबि हुसैनीलाई समाग्री बुझाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…