न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको हरिपूर्वा नगरपालिकाका मेयर सियाराम रायले बसन्तपुरको माझी परिवारलाई खाद्यान्न सहित आर्थिक सहयोगको प्रतिवद्धता जनाएका छन् ।
हरिपुर्वा नगरपालिका ८ बसन्तपुरका रामचन्द्र माझीकी २८ वर्षीया श्रीमती पुनम माझीको गत शनिबार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएपछि पीडामा भएको उनको परिवारलाई खाद्यान्न सहित ५० हजार रुपैयाँ समेत सहयोग गर्ने वाचा गरेका हुन् ।
आईतबार हरिपुर्वा नगरपालिकाका रायले व्यक्तिगत तवरबाट माझी परिवारलाई खाद्यान्न समाग्री सहयोग गरेका छन। फार्मेसीमो बील तिर्न नसक्दा लास समेत बन्धक बनाइएको अवस्थामा युवा अभियन्ता राहुल राज यादवको विशेष पहलले बन्धक छुटाइएको थियो ।
सोही क्रममा नगरपालिकाको तर्फबाट फार्मेसीको बिल तिर्न ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् । खाद्यान्न समाग्री र रकम उपल्बध गराउन नेपाली काङग्रेसका महेश यादवले मध्यस्थकर्ताका भुमिका खेलेका थिए।

फार्मेसीको बिल तीर्न नसक्दा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ५ दिनदेखि सुत्केरी पुनमको शव अलपत्र परेको थियो। अभियन्ता राहुलराज यादवसहितको टिमले र विभिन्न तवरबाट सहयोगपछि लास ल्याइएको थियो ।
अझै माझीको शव वापत फार्मेसीलाई थप २० हजार रुपैयाँ तिर्न बाँकी रहेको जानकारी अभियन्ता यादवले दिए। यादवले बाँकीको रकम सहयोग गर्न समेत अपिल गरेका छन्।
पुनमले अस्पतालमा जुम्ल्याहा बच्चा जन्माएकी हुन् । बच्चाहरु अहिले घरमा राखिएको छ । पुनमको मृत्यू भइसकेपछि उनको पालनपोषणको लागि सहयोगको अपिल गरिएको हो ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…