कमला नगरपालिकाको विद्यालयहरु मँगलबारदेखि सँचालन हुने
महिनौदेखि बन्द रहेको विद्यालयहरुमा स्थानीयहरुले व्यक्तिगत प्रयोजनको लागि विद्यालयको कोठाहरु प्रयोग गरेको देखिएको छ । यता, मँगलबारसम्म सबै सफाई र व्यवस्था मिलान हुने बताइएको छ ।

२०७८ भदौ २७ आइतबार, बेलुकी ६:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । पूर्वी धनुषाको कमला नगरपालिकाको समुदायिक तथा सँस्थागत विद्यालयहरु आउँदो मँगलबारदेखि भौतिक रुपमा सँचालन गर्न सूचना जारी गरिएको छ ।
आईतबार कमला नगरपालिकाका नगर प्रमुख रामउदगार गोईत र निमित्त प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्र कुमार सढानले जारी गरेको सूचनामा नगरभरिका विद्यालयहरु भौतिक रुपमा सँचालन गर्न भनिएको छ ।
कोभिड १९ को कारण महिनौदेखि बन्द रहेको विद्यालय पुनः सूचारु गर्नको लागि नगरपालिकाभरिका सबै विद्यालयलाई पत्राचार गरेको हो । आउँदो मँगलबारदेखि सबै विद्यालयमा विद्यार्थीहरुलाई भौतिक रुपमा उपस्थिति गराएर पठनपाठन गराउन सूचना जारी गरिएको छ ।

कोभिड १९ को कारण नगरभित्रको केही विद्यालयहरुमा अध्ययन अध्ययापनको स्थिती नरहेको देखिएको छ । कमला नगरपालिका वडा नम्बर २ नगरपालिका अगाडी रहेको जनहित निम्न माध्यमिक विद्यालयमा विद्यार्थी पढाउने पूर्वाधार अभाव रहेको छ ।
विद्यालयमा नगरपालिकाको कामकाग, नयाँ भवन निर्माणको समाग्री रहेको तथा नयाँ बन्दै गरेको भवनमा भौतिक पूर्वाधारमा डेस्क, बेन्च सहित पूर्वाधार निर्माण नभएकोले अध्ययन अध्ययापनको लागि कठिनाई हुने देखिएको छ ।
महिनौदेखि बन्द रहेको विद्यालयहरुमा स्थानीयहरुले व्यक्तिगत प्रयोजनको लागि विद्यालयको कोठाहरु प्रयोग गरेको देखिएको छ । यता, मँगलबारसम्म सबै सफाई र व्यवस्था मिलान हुने बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…