प्रदेश सरकारको 'नो मास्क नो सर्भिस' , मास्क नभए सरकारी कार्यालयमा सेवा नपाउने
सरकार मास्क प्रयोगमा सर्बसाधारण लाई सचेत गराउन सञ्चारमाध्यम हरु मार्फत बिग्यापान प्रशारण प्रकाशन गराउने निर्णय

२०७८ भदौ २७ आइतबार, बिहान ११:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम। प्रदेश २ सरकार कोरोना माहामारी बिरुद्धको सचेतना अभियान अन्तर्गत नो मास्क नो सर्भिस अभियान सञ्चालनमा ल्याउने भएको छ ।
मुख्यमन्त्री निवास मधेश भवनमा सम्पन्न प्रादेशिक कोभिड सङ्कट ब्यबस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको हो ।
कोभिड १९ को सङ्क्रमितहरुको सङ्ख्यामा कमि आए लगतै सर्बसाधारणले मास्कको प्रयोगमा हेलचक्र्याई गर्न थाले पछि प्रदेश सरकारले सरकारी कार्यालय हरुमा उक्त अभियान चलाउने निर्णय गरेको छ ।
सरकार मास्क प्रयोगमा सर्बसाधारण लाई सचेत गराउन सञ्चारमाध्यम हरु मार्फत बिग्यापान प्रशारण प्रकाशन गराउने निर्णय समेत गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षता मा सम्पन्न उक्त बैठकमा आन्तरिक मामिला तथा सञ्चार मन्त्री , समाजिक बिकास मन्त्री , प्रमुख सचिब लगायतका सचिब हरु सहित सरोकार बला हरुको सहभागिता रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…