मोटरसाईकले ठक्कर दिँदा एक महिलाको मृत्यू
ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

२०७८ भदौ २५ शुक्रबार, बिहान १०:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।
जिल्लाको विदेह नगरपालिका–६ एकराहीमा बिहिबार राति करिव ११ः३० बजे पल्टु महराकी ४० वर्षीया पत्नी दलितिया देवी महराको मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो ।
जिल्ल प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार बिहिबार राति ज।७प। ९८१२ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी महरालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् ।
गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा राति १ बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…