राजर्षि जनक विश्वविद्यालयमा पुनः ताला लगाइयो
स्थापना कालदेखि नै आफूहरु कार्यरत रहेकाले कानून बमोजिम करारमा नियुक्ति गर्न मिल्ने उनीहरुको दावी छ ।

२०७८ भदौ २५ शुक्रबार, बिहान ९:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपरधाम । राजर्षि जनक विश्वविद्यालय, केन्द्रीय कार्यालय जनकपुरमा पेपर ९कोर्ष० कन्ट्रायक्ट शिक्षकहरुले गरेको तालाबन्दी बिहीवार पनि खुल्न सकेन ।
वार्ता गर्ने वातावरण नबनेपछि तालाबन्दी जारी राखेको आन्दोलित शिक्षकहरुले बताएका छन् । करार नियुक्ति माग्दै उनीहरु विगत १५ दिनसम्म सांकेतिक आन्दोलन गरे ।
तर विश्वविद्यालयले कुनै चासो नदेखाएपछि उनीहरु बुधवार उपकुलपति र रजिष्टारको कार्यकक्षमा तालाबन्दी गरे । बिहीवार उपकुलपति प्रा। भरत झाले प्रहरीलाई बोलाएर ताला फोडे । तर आन्दोलित शिक्षकहरु पुनः ताला लगाए ।
माग पुरा नभएपछि आन्दोलित ३२ जना कोर्ष कन्ट्रायक्ट शिक्षकहरु तालाबन्दी जारी राख्ने चेतावनी दिएपछि उपकुलपति प्रा। झाले छलफलका गर्न तयार भएका थिए ।
तर वार्ता गर्न प्रतिनिधिमै कुरा नमिलेको बताइएको छ । उपकुलपति डा. झाले ताला खोलेर बार्ता गर्न भनेपछि आफूहरु अस्वीकार गरेको कोर्ष कन्ट्रायक्ट शिक्षक संघका सभापति दिलिप कुमार यादवले बताए ।
उपकुलपति डा. झाले नै माग पुरा गर्न नचाहेको आरोप आन्दोलित शिक्षकहरुको छ । स्थापना कालदेखि नै आफूहरु कार्यरत रहेकाले कानून बमोजिम करारमा नियुक्ति गर्न मिल्ने उनीहरुको दावी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…