सिरहामा मोसा पल्टिदाँ एक युवकको मृत्यू
घाइते भएका सोही मोटरसाइकलमा पछाडि सवार युवकको कसहा हेल्थ केयरमा उपचार भइरहेको छ ।

२०७८ भदौ २४ बिहीबार, दिउँसो १२:०६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । प्रदेश २ को सिरहा ज्ल्लिास्थित मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यू भएको छ ।
सिरहाको धनगढीमाई नगरपालिका–७, हनुमानचोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । सोही दुर्घटनामा परी अर्का एकजना घाइते छन् ।
मोटरसाइकल चालक सुखीपुर नगरपालिका–९ का २० वर्षीय श्रवणकुमार महतोको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ ।
घाइते भएका सोही मोटरसाइकलमा पछाडि सवार युवकको कसहा हेल्थ केयरमा उपचार भइरहेको छ ।
स ५ प २४ ०४ नम्बरको मोटरसाइकल गए राति करिब पौने १२ बजे आफैँ अनियन्त्रित भई पल्टिएको अस्थायी प्रहरी पोस्ट कसहाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…