जनकपुरमा यी मेयरलाई स्थानीयहरुले गरे हातपात, गाडी पनि तोडफोड
धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेत गाडीमाथि तोडफोड गर्ने चारजनाविरुद्ध मेयर दासले जाहेरी दिएको बताए ।

२०७८ भदौ २३ बुधबार, बेलुकी ५:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को धनुषा जिल्लास्थितको एक मेयर (नगर प्रमुख) लाई स्थानीयहरुले गरे हातपात गरेको छ । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दास (तत्मा) लाई हातपात भएको छ ।
एक महिलालाई अभद्र व्यवहार गरेको आरोपा मेयर दासमाथि सामुहिक हातपात भएको हो । गत भदौ २० गते राति जनकपुरधाम उपमहागरपालिका वडा नं.८ मा एक सांस्कृतिक कार्यक्रममा महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा युवाहरुको भीडले हातपात गरेको स्थानीयले बताएका छन् ।
हातपातसंगै मेयर दास चढ्ने नगरपालिकाको प्रदेश २–०२–००१ झ ००४३ नम्बरको गाडीमा समेत तोडफोड भएको हो ।
आफ्नो प्रतिष्ठा बचाउन मेयर दासले आफुमाथि केहि कुनै प्रकारको घटना नभएको बताए। तपाईसंग केहि घटना भएको छ भन्ने प्रश्नमा मेयर दासले भने ‘ मसंग कुनै प्रकारको घटना भएको छैन । घटना नै भएको छैन भने मैले किन घटना भयो भनु’
तर, उनले आफुमाथि हातपात र गाडीमाथि तोडफोड गर्ने मध्येका चारजना विरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका छन् । यद्यपी, जाहेरीमा उनले आफ्नो सवारी तोडफोड भएको मात्र उल्लेख गरेका हुन् ।
यता, धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेत गाडीमाथि तोडफोड गर्ने चारजनाविरुद्ध मेयर दासले जाहेरी दिएको बताए ।
मेयर दासले चारजना युवकमाथि मुद्दा दर्ता गराउने प्रक्रियामा गएपछि स्थानीयहरु बुधबार जिल्ला प्रहरी कार्यालय धनुषामा डेलिगेसन पुगेका थिए ।
उनीहरुले मेयर दास विरुद्ध महिलामाथि दुव्र्यहार गरेको जाहेरी दर्ता गराउने प्रक्रिया थालेको स्थानीयले बताएका छन् ।
मेयर दासमाथि एक महिलाले जबरदस्तीको प्रयास गरेको भन्दै निवेदन लिएर जिल्ला प्रहरी कार्यालय धनुषा पुगेको डिएसपी बस्नेतले जानकारी दिए । यद्यपी, दुवै पक्षबाट कसैको पनि अहिले जाहेरी दर्ता नभएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…