धनुषाको कमला नगरपालिकामा २५ गते सार्वजनिक विदा
शुक्रबार नगरपालिकाको कार्यालय, वडाकार्यालयहरु, स्वास्थ्य कार्यालयहरु, शैक्षिक सँस्थानहरु समेत बन्द रहने जनाइएको छ । महिलाहरुले निराहार व्रत बसेर मनाउने चौरचन पर्वमा विदा दिएकोप्रति स्थानीयहरुले खुसी व्यक्त गरेका छन् ।

२०७८ भदौ २३ बुधबार, दिउँसो ४:५० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा महिलाहरुको लागि दुई दिन विदा हुने भएको छ । केन्द्र सरकारले भोली तीजको अवसरमा महिलाहरुको लागि मात्र एकदिने विदा दिएको छ ।
भोली विहिबार महिलाहरुको लागि एक दिने विदा देशव्यापी रुपमा भएपनि कमला नगरपालिकाले एक सूचना जारी गर्दै शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
कमला नगरपालिकाका नगर प्रमुख राम उदगार गोईतले तराई–मधेशमा मनाइने आस्था र निष्ठाको पर्व चौठचन्द्र (चौरचन पवनी) पर्वको अवसरमा एक दिने सार्वजनिक विदा दिने निर्णय गरेका छन् ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्र कुमार सढानले जारी गरेको सूचनामा आस्थाको पर्व चौरचनको अवसरमा शुक्रबार सार्वजनिक विदा हुने भएको छ ।
शुक्रबार नगरपालिकाको कार्यालय, वडाकार्यालयहरु, स्वास्थ्य कार्यालयहरु, शैक्षिक सँस्थानहरु समेत बन्द रहने जनाइएको छ । महिलाहरुले निराहार व्रत बसेर मनाउने चौरचन पर्वमा विदा दिएकोप्रति स्थानीयहरुले खुसी व्यक्त गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…