सिडिओ अफिसका सुब्बा चौधरी घुस सहित रँगेहात पक्राउ
नागरिकताको प्रतिलिपिमा उमेर सच्याइदिने भन्दै सेवाग्राहीसँग नासु चौधरीले घुस लिएका थिए ।

२०७८ भदौ २२ मंगलबार, बेलुकी ७:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषा (जनकपुर) का नायब सुब्बा निजामति कर्मचारी दिवसकै दिन घुस सहित पक्राउ परेका छन् ।
सिडिओ कार्यालय धनुषाका नायब सुब्बा उमेश चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित रंगेहात पक्राउ गरेको हो ।
सुब्बा चौधरी जनकपुरको क्याम्पस चौकस्थित एक होटलबाट पक्राउ परेका छन् । उनले सेवाग्राहीसँग ८ हजार ५०० (साढे ८ हजार) रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् । सोही बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट आएको टोली उनलाई पक्राउ गरेको हो ।
नागरिकताको प्रतिलिपिमा उमेर सच्याइदिने भन्दै सेवाग्राहीसँग नासु चौधरीले घुस लिएका थिए । कानूनी प्रक्रिया पुरा गरी अख्तियारको टोलीले आवश्यक कारबाही गर्न उनलाई बर्दिबास लगेको बताइएको छ ।
निजामति कर्मचारी दिवस मनाइरहँदा एक निजामति कर्मचारी घुस सहित पक्राउ परेका छन् । यसवर्ष एउटा पनि सर्वोत्कृष्ट निजामति कर्मचारी भेटाएका छैनन् । देशभरिबाट ४० जना मात्र कर्मचारी पुरस्कृत भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…