प्रदेश २ को जनलोकपाल आयोगको अध्यक्षमा यादव
उक्त अवसरमा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादव, उपसभामुख उपमा देव, प्रमुख सचिव हरि प्रसाद मैनाली सहित प्रदेश सरकारका सचिवहरुको उपस्थिति रहेको थियो ।

२०७८ भदौ २२ मंगलबार, बेलुकी ५:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेशमा आर्थिक सुशासन कायम गर्न प्रदेश जनलोकपाल आयोगको अध्यक्षमा राम सहाय यादवलाई नियुक्त गरेको छ ।
अध्यक्ष सहित तीन सदस्यीय रहेको उक्त आयोगमा नव नियुक्त अध्यक्ष यादव सहित सदस्यमा शोभा महतो र राजकिशोर साहलाई नियुक्त गरेको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले तीनै जनालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।
उक्त अवसरमा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोज कुमार यादव, उपसभामुख उपमा देव, प्रमुख सचिव हरि प्रसाद मैनाली सहित प्रदेश सरकारका सचिवहरुको उपस्थिति रहेको थियो ।
आयोगका नवनियुक्त पदाधिकारीहरुले ग्रमिण प्रशिक्षण केन्द्र मुजेलिया स्थित आयोगको कार्यालय पुगि आजै पदभार ग्रहण गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…