मनि ट्रान्सफरमा चोरी गर्न गएका युवकको करेन्ट लागेर मृत्यू
मृतकको प्रकृति हेर्दा अन्दाजी करिब २२ वर्षको रहेको र मुस्लिम समुदाय रहेको देखिएको छ।

२०७८ भदौ २१ सोमबार, बिहान ७:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । मनि ट्रान्सफरमा चोरी गर्न गएका एक युवकको करेन्ट लागेर मृत्यू भएको छ । पर्साको लंगडी चौकमा रहेको मनी ट्रास्फरमा चोरी गर्न गएको चोर लाई करेन्ट लागेर मृत्यु भएको हो ।
पर्साको धोबिनी गाउँपालिकाको वडा नं ४ लंगडी चौकमा आईतबार साँझ एक युवकको लास बरामद भएको छ। लंगडी चौकमा रहेको मारिया मनी ट्रास्फरको छाना माथी लास रहेको प्रहरीले जनाएका छन।
मनी ट्रास्फरको छाना माथी युवकको लास देखे पछी ईलाका प्रहरी कार्यालय लंगडीलाई जानकारी दिएपछी घटना स्थलमा प्रहरीको टोली पुगी शव बरामद गरेका छन।
प्रहरीका अनुसार लंगडी चौकमा रहेको मारिया मनी ट्रास्फरको माथी छाना भएर भित्र खोजने क्रममा करेन्ट लागेर मृत्यु हुनसकने अनुमान गरिएको छ।
युवकले चोरी गर्ने नियतले पछाडीबाट छाना माथी चढेर भित्र मनी ट्रान्सफर भित्र छिर्न खोजेको अवस्थामा करेन्ट लगाने गरेको मृत्यु भएको अवस्थामा देखिएको छ।
मृत्युको अवस्था दुई तीन दिनको लास रहेकोले लासबाट दुर्गन्ध आईरहेको प्रहरीले जनाएका छन। मृतकको प्रकृति हेर्दा अन्दाजी करिब २२ वर्षको रहेको र मुस्लिम समुदाय रहेको देखिएको छ।
घटना स्थलमा ईलाका प्रहरी कार्यालय पोखरियाको टोली पुगेर मुचुल्का उठाई अहिलेसमम मृतकको पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय पोखरियका प्रहरी निरिक्षक दिपक थापाले जनाएका छन।
मृतकको शवलाई पोस्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको प्रहरीले जनाएका छन। प्रहरीले घटना स्थलबाट रिन्च , चाकु, छुरा , समेत बरामद गरेका छन।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…