भोलीदेखि राजविराजका विद्यालयहरु सञ्चालन हुने
नगर शाखा अधिकृत भोगेन्द्रप्रसाद यादवले जारी गरेको विज्ञप्तिमा प्रत्येक तहमा उपल्लो कक्षाहरु मावितहका कक्षा १२, ११, १०, ९ सम्म, निमावि तहका कक्षा ९, ८, ६ तथा प्रावि तहका ५, ४ र ३ कक्षा सम्मका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्न भनिएको छ ।

२०७८ भदौ १९ शनिबार, बेलुकी ५:०० बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सप्तरी । सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आइतबारदेखि खुल्ने भएको छ ।
सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको थियो ।
सोहीअनुरुप राजविराज नगरपालिका नगर शिक्षा समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भदौ २० गतेदेखि स्वास्थ्य मापदण्ड पालन गरी विद्यालय खोल्ने निर्णय गरेको छ ।
कोरोनाविरुद्ध स्वास्थ्य सुरक्षासम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी प्रत्येक तहमा रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत सबै विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो ।
नगर शाखा अधिकृत भोगेन्द्रप्रसाद यादवले जारी गरेको विज्ञप्तिमा प्रत्येक तहमा उपल्लो कक्षाहरु मावितहका कक्षा १२, ११, १०, ९ सम्म, निमावि तहका कक्षा ९, ८, ६ तथा प्रावि तहका ५, ४ र ३ कक्षा सम्मका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्न भनिएको छ ।
विद्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनाएर विद्यार्थी सङ्ख्याको आधारमा फरक फरक समयमा आइतबारदेखि सञ्चालन गर्न गराउन अनुरोध गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…