१९ बर्षिय महत काँग्रेसकी कान्छी अध्यक्ष, विपक्ष दलले पनि गरे प्रशँसा
वडा सभापतिमा निविरोध निर्वाचित भएकी स्वस्तिका नेपाली कांग्रेस दैलेखका स्वर्गीय नेता भुपेन्द्रजंङ्ग महतकी छोरी हुन् ।

२०७८ भदौ १९ शनिबार, दिउँसो ३:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बर्षौदेखि नेपाली काँग्रेस पार्टीमा केन्द्रीय सदस्य बन्नको लागि अहिले पनि कैयौँ नेताहरु प्रयासरत छन् । नेपालमा ठुलो पार्टीको रुपमा रहेको नेपाली काँग्रेसमा अब युवा पुस्तालाई भित्रयाइदै छ ।
१९ वर्षीया किशोरी नेपाली कांग्रेसको वडा सभापितमा निर्वाचित भएपछि विपक्षी दलका नेताहरुले समेत प्रशँसा गरेका छन् ।
कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ३ मा १९ वर्षीया किशोरी स्वस्तिकाकुमारी महत वडा सभापतिमा निर्वाचित भएकी हुन् । उक्त वडामा शुक्रबार अधिवेशन भएको थियो ।
युवाहरुलाई राजनीतिमा स्थान दिनुपर्छ भन्ने मान्यता राख्ने पार्टी भएकाले महत वडा सभापतिमा निर्विरोध निर्वाचित भएको कांग्रेस दैलेखका नेता तथा दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले बताए ।
वडा सभापतिमा निविरोध निर्वाचित भएकी स्वस्तिका नेपाली कांग्रेस दैलेखका स्वर्गीय नेता भुपेन्द्रजंङ्ग महतकी छोरी हुन् । १९ वर्षीया किशोरी वडा सभापति बनेपछि विपक्षी दललेसमेत प्रशंसा गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…