सडकमाथिबाट ढुँगा खसेर लाग्दा जनकपुरका एक युवकको मृत्यू, अर्का घाईते !
मोटरसाइकल चालक साहको धुलिखेल अस्पतालमा उपचारको क्रममा दिउँसो मृत्यु भएको हो ।

२०७८ भदौ १३ आइतबार, दिउँसो ३:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बिपी राजमार्ग (सिन्धुली) रोडमा ढुँगा लागेर जनकपुरका एक युवकको मृत्यू भएका छन् भने अर्का युवक घाईते भएका छन् ।
बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशि गाउँपालिका वडा नम्बर ७ लास्कोटबेसीमा बीपी राजमार्गमा ढुङ्गाले लागेर मोटरसाइकल चलाउँदै गरेका एक युवकको मृत्यु भएको छ ।
जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ज ८ प ७४९० नम्बरको मोटरसाइकलमा सवार प्रदेश २ को महोत्तरी जिल्लाको रामगोपालपुर बस्ने २८ बर्षिय सरोज साहको मृत्यू भएको छ भने जनकपुर रामानन्दचोक बस्ने बर्ष ३० का सतिस साह घाईते भएका छन् ।
दुवै जना ढुंगा लागेर घाइते भएका थिए। धुलिखेल अस्पतालमा उपचारको क्रममा साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
बीपी राजमार्गस्थित रोशीगाउँपालिका वडा नम्बर ७ मा सडक माथिबाट खसेको ढुङ्गा लागेर घाइते भएकालाई प्रहरीले उद्धारको लागि धुलिखेल अस्पताल ल्याएको थियो।
मोटरसाइकल चालक साहको धुलिखेल अस्पतालमा उपचारको क्रममा दिउँसो मृत्यु भएको हो । यता, घाईते सतिस साहको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइते साहको अवस्था सामान्य रहेको थप उपचार धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…