कमला नपाका एक वडाध्यक्षले भित्रैभित्र शिक्षकको नियुक्ती गरेपछि १० दिनदेखि तालाबन्दी
शिक्षक नियुक्तीको विषयलाई लिएर आफूहरूले शिक्षा समन्वय ईकाई, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत जानकारी गराएको भएपनि कतैबाट सुनुवाई नभएको संघर्ष समितिका संयोजक महतोले बताए ।

२०७८ भदौ १२ शनिबार, दिउँसो १२:१८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, धनुषा । पूर्वी धनुषाको कमला नगरपालिकाको एक विद्यालयमा १० दिन देखि ताला लागेको छ ।
जिल्लाको कमला नगरपालिका ७ स्थित प्रगतिशिल माविमा दश दिन अघि अभिभावकले नै ताला लगाएका हुन्।विद्यालयमा राहत शिक्षक नियुक्तीको विषयलाई लिएर स्थानीय अभिभावकले लगाएको ताला अझै सम्म खुलाउन कतैबाट पनि पहल नभएको अभिभावक एवं संघर्ष समितिका संयोजक सोभित महतोले बताए ।
उनका अनुसार विद्यालयका प्रधानाध्यापक र वडा नम्बर ७ का वडा अध्यक्ष समेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तपेश्वर मरिक यादवले अभिभावकलाई जानकारी नै नदिई कोरोना कालमा भित्रभित्रै शिक्षक नियुक्त गरेपछि असन्तुष्ट अभिभावकको टोलीले शिक्षक नियुक्तीको विषयमा छानविन हुनु पर्ने माग गर्दै विद्यालयमा ताला लगाएका हुन्।
‘विद्यालयले शिक्षक नियुक्तका लागि विज्ञापन गरेको, परिक्षा लिएको केही पनि कोही पनि अभिभावकलाई जानकारी नै छैन ।’ उनले भने, ‘यसरी केही व्यक्तिहरूको मिलोमतोमा गरिएको निर्णय हामीलाई चित्त बुझेको छैन ।’
शिक्षक नियुक्तीको विषयलाई लिएर आफूहरूले शिक्षा समन्वय ईकाई, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत जानकारी गराएको भएपनि कतैबाट सुनुवाई नभएको संघर्ष समितिका संयोजक महतोले बताए ।
कमला नगरपालिकाको विभिन्न वडामा रहेको समुदायिक विद्यालयमा प्रायः वडाध्यक्ष नै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बनेका छन् । उनीहरुले बालबालिकाको खाजादेखि अन्य भत्ताहरुमा आफ्नो नजिकी बालबालिकाहरुको कपोकल्पित नाम लेखेर छात्रवृतिहरु समेत घोटाला गर्दै आएको खुलेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…