शहिद परिवारलाई गम्छा दिएर ठगे उपेन्द्र यादव
जनप्रतिनीधिहरुको तलब भत्तामा राखेको भन्दै केही दिनअघि शहिद परिवारहरुले मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन समेत गरेका थिए ।

२०७८ भदौ १२ शनिबार, बिहान ९:३९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश आन्दोलनका शहीद परिवार र घाइतेहरुलाई फेरी ठगेका छन् ।
पार्टीका अध्यक्ष उपेन्द्र यादवले बर्षौदेखि उनीहरुलाई ठग्दै आएपनि एक कार्यक्रमबीच पुनः ठगेका छन् । विभिन्न आसा भरोसा लिएर उपेन्द्र यादव कहाँ गएका शहिद परिवारलाई एक गम्छा दिएर ठगेका छन् ।
जनकपुरमा आयोजित अभिमुखीकरण कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवले शहीद परिवार तथा घाइतेहरुलाई गम्छा ओढाएर सम्मान भन्दै ठगेका छन् ।
शहीद परिवारलाई कार्यक्रममा बोलाएर यादवले उनीहरुसँग गरेको वाचालाई थाती राख्दै गम्छा दिएर ठगेका छन् । अध्यक्ष यादवले शहीद परिवारलाई आफनै परिवार बुझि उनीहरुको भरण पोषण तथा घाइतेहरुको उपचारको जिम्मा प्रदेश सरकारलाई लिन निर्देशन पनि दिए।
यही निर्देशन यादव बर्षौदेखि दिँदै आएका छन् । शहिद परिवारको भावनासँग खेलवाड गरी विभिन्न कार्यक्रममा सहयोगको नाममा बोलाएर गम्छा दोसल्ला दिएर नै ठग्दै आएका छन् । शहिद परिवारहरुलाई रोजगारी, घाईतेको उपचार सहितको वाचाहरु यादवले विगतदेखि नै गर्दै आएका छन् ।
शहिद परिवारको नामा विनियोजन गरिएको रकमलाई विभिन्न योजना र जनप्रतिनीधिहरुको तलब भत्तामा राखेको भन्दै केही दिनअघि शहिद परिवारहरुले मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन समेत गरेका थिए ।
सो कार्यक्रममा अध्यक्ष यादवले शहीद परिवारलाई रोजगारी दिने क्रममा केही परिवार छुटेको छ, उनले भने–‘उनीहरुलाई अविलम्ब रोजगारी दिनुपर्छ ।’ यसबाट प्रदेश सरकार पञ्छिन मिल्दैन । यादव विभिन्न कार्यक्रममा यही कुरा भन्दै आएका छन् । प्रदेश सरकार बनेको ४ बर्ष भएपनि शहिद परिवारहरुले रोजगारी पाउन सकेको छैनन् ।
कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्राविधिक कारणले केही शहीद परिवार रोजगारी पाउन नसकेको उल्लेख गर्दै बाँकी रहेको शहीद परिवारलाई छिटै रोजगारी दिने प्रतिबद्धता समेत जनाए ।
उनले शहीद परिवारको रोजगारी तथा घाइतेहरुको भरणपोषणको लागी प्रदेश सरकारले बजेट विनियोजन गरि सकेको दाबी गरे । तर शहिद परिवारले आफूहरुलाई कार्यक्रममा बोलाएर ठगेको प्रतिक्रिया पनि दिएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…