सिरहाको मिर्चैयामा सिके राउतका कार्यकर्ताहरु भने- '५०० मे बिकजाओगे, तो अैसा रोड पाओगे'
कार्यकर्ताहरुले ५०० मा आफ्नो अमूल्य भोँट बेचेर यस्तो जनप्रतिनीधिलाई भोँट दिएको भन्दै सचेत समेत गराएका छन् ।

२०७८ भदौ ११ शुक्रबार, बेलुकी ६:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लास्थित डा. सिके राउतका कार्यकर्ताहरुले फरक खाले प्रदर्शन गरेका छन् ।
जनमत पार्टीका कार्यकर्ताहरुले शुक्रबार सिरहाको मिर्चैयास्थित बर्षाको पानीले नाला जाम भएर सडक डुबेपछि लाउण्डस्पीकर लगाएर सचेतनात्मक नारा लगाएका छन् ।
उनीहरुले “५ सय मे बिकजाओगे, तो अैसा रोड पाओगे, मुर्गामे बिकजाओगे तो अैसा रोड पाओगे” लगायतका नाराहरु घन्काउँदै विरोध प्रदर्शन सहित आम नागरिकलाई सन्देश दिएका छन् ।
सिरहाको चर्चित शहरको रुपमा मानिएको पूर्व पश्चिम राजमार्गमै मिर्चैयाको हालात बिग्रेपछि डा. राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले आम नागरिकलाई सचेत गराएका छन् ।

चुनावको समयमा ५०० मा, १००० मा र केही मासुमा मात्र बिकेर भोट दिनेहरुको कारण सडकको अवस्था यस्तो रहेको भन्दै उनीहरुले गल्ती गरेको महसुस गराएका हुन् ।
सडकमा सवारी वा पैदल आवतजावत गर्ने सर्वसाधारणहरुप्रति हाँस्दै कार्यकर्ताहरुले ५०० मा आफ्नो अमूल्य भोँट बेचेर यस्तो जनप्रतिनीधिलाई भोँट दिएको भन्दै सचेत समेत गराएका छन् ।
मिर्चैया नगरपालिकाको जनप्रतिनीधीहरुले समयमा सडक र नालाको निकास नदिँदा मिर्चैया बजार डुबेपछि जनमत पार्टीका कार्यकर्ताहरुले आम नागरिकलाई अझै पनि आँखा खोल्न आग्रह गरेका थिए ।
उनीहरुले मधेशी दलालोको भोँट दोगे तो अैसा रोड पाओगे जस्ता नाराहरु पनि लगाएका थिए । नागरिकहरुले आफ्नो मूल्य ५०० भन्दा कम लगाएर भोँट दिँदा विकासको अवस्था यस्तो दयनीय भएको भन्दै राजमार्ग आवतजावत गर्नेहरुलाई लज्जाबोध पनि गराएका थिए ।
केही दिन अघि छिमेकी मुलुक भारतको एक शहरमा सडक बिग्रेपछि सडकमा आवतजावत गर्नेहरुलाई लाउडस्पीकर लगाएर सचेत गराएको भिडियो भाइरल बनेको थियो । सोही अनुसार, उनीहरुले पनि नारावाजी र सचेत गराएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…