हुलाकी सडक खाली गर्न ७ दिने सूचना, 'जनकपुरदेखि कमलासम्म शिघ्र खाली गरौं'
भदौ १० गतेभित्रमा सडकहरु पूर्ण रुपमा खाली गर्न सूचना गर्दै सो नगरेको खण्डमा सुरक्षा बल लगाएर खाली गर्न लगाउने चेतावनी

२०७८ भदौ ७ सोमबार, बिहान १०:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । हुलाकी राजमार्ग (हुलाकी सडक) लाई खाली गर्न आम सर्वसाधारणलाई ७ दिने सूचना प्रकाशित गरिएको छ ।
जनकपुरधामदेखि कमला नदीसम्मको हुलाकी सडक सहित अन्य जिल्लामा रहेको हुलाकी सडकमा थुपारिएको सरसमान, निर्माण वस्तु, गाई भैँसी, बाख्रालाई खाली गर्न सात दिने सूचना निकालिएको हो ।
हुलाकी सडकमा जथाभावी गाई भैँसी बाँधेको, निर्माण समाग्रीहरु राखिएको कारण सवारी दुर्घटना बढेको भन्दै सडक पुरै खाली गर्न सूचना जारी गरिएको हो ।
हुलाकी राजमार्ग आयोजना जनकपुरले गत भदौ ३ गते जारी गरेको सूचनामा बीरेन्द्रबजार–यदुकूहा–महिनाथपुर सडकखण्डमा राखिएको अन्य समाग्रीहरु हटाउन सूचना प्रकाशित गरिएको हो । सो सडकखण्डको विभिन्न ठाउँमा व्यक्तिगत रुपमा निर्माण समाग्री राखिएको, गोबर, मल सहित अन्य वस्तुहरु राखेको भन्दै यथाशिघ्र खाली गर्न भनिएको हो ।
.jpg)
यस्तै, जनकपुर–जलेश्वर–भिठ्ठामोड सडक अन्तर्गत समेत हुलाकी सडक खाली गर्न सूचना टाँस गरिएको हो । सडकमा थुपारिएको बालुवा, गिट्टी सहित रोकी राखिएको सवारी साधनहरु समेत नलगाउन आग्रह गर्दै यथाशिघ्र खाली गर्न भनिएको हो ।
सोही क्रममा जनकपुर–वलबा–भ्रमरपुरा सडकखण्ड समेत पूर्ण रुपमा खाली गर्न सूचना टाँस गरिएको छ । यसका साथै, जनकपुरको कदचोक कपिलेश्वर हुँदै कमला नदीसम्मको सडकलाई पूर्ण खाली गर्न सूचना गरिएको हो ।
भदौ १० गतेभित्रमा सडकहरु पूर्ण रुपमा खाली गर्न सूचना गर्दै सो नगरेको खण्डमा सुरक्षा बल लगाएर खाली गर्न लगाउने चेतावनी समेत दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…