दुईटा विवाह गरेर वीरगँजबाट भागेका साह जनकपुरमा पक्राउ
पक्राउ परेका साहले विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरूलाई आवश्यक परेका विभिन्न मोवाईल सेट, कम्प्युटर, टिभी जस्ता ईलेक्ट्रोनिकस सामानको नक्कली टेण्डर छपाएर सामाग्रीहरू सप्लाई गर्ने नाममा विभिन्न व्यवसायीहरूलाई ठगी गरेको अनुसन्धानबाट खुलेको धनुषा प्रहरीले जनाएको छ ।

२०७८ भदौ ६ आइतबार, बिहान ८:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । घरमा जेठी श्रीमती हुँदाहुँदै दोश्रो विवाह गरेका एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्साको विरगन्ज महानगरपालिका वडा ११ वस्ने वर्ष २६ का किास कुमार साह छन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको सादा पोशाकको टोलीले जनकपुर उप महानगरपालिका वडा नं। ४ स्थित मुरली चोकबाट पक्राउ गरेको हो ।
उनले जेठी श्रीमती हुँदाहुँदै अर्की महिलासंग विवाह गरेकाले वहुविवाह कसुरको अनुसन्धानको सिलसिलामा जिल्ला अदालतबाट ५ दिन ५ म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।
पक्राउ परेका साहले विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरूलाई आवश्यक परेका विभिन्न मोवाईल सेट, कम्प्युटर, टिभी जस्ता ईलेक्ट्रोनिकस सामानको नक्कली टेण्डर छपाएर सामाग्रीहरू सप्लाई गर्ने नाममा विभिन्न व्यवसायीहरूलाई ठगी गरेको अनुसन्धानबाट खुलेको धनुषा प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…