प्रदेश २ः बस दुर्घटना हुँदा ड्राइभरको मृत्यू, ८ यात्रु घाईते
बसमा सवार २८ जना मध्ये मोटरसाइकल चालक गम्भीर घाइते भएका छन भने ८ जना सामान्य घाइते भएका छन ।

२०७८ भदौ ३ बिहीबार, राति ९:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । प्रदेश नम्बर २ को बारामा सवारी दुर्घटनामा परि चालकको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ पूर्ब पश्चिम लोक मार्ग सडकखण्डको चुरिया माई मन्दिर ओरालोमा काठमाडौँ बाट रौतहटको बंकुल तर्फ जादैँ गरेको ना. ६. ख. ४६४१ नम्बरको रात्री बसको ब्रेक फेल भई सोही दिशा बाट आई रहेको बागमती प्रदेश ०३–००१ प. ४११ नम्बरको मोटरसाइकल लाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।
दुर्घटना हुँदा बस सडकमा पल्टिएको प्रहरीले जनाएको छ । बसमा सवार २८ जना मध्ये मोटरसाइकल चालक गम्भीर घाइते भएका छन भने ८ जना सामान्य घाइते भएका छन ।
त्यस्तै दुर्घटना मा परि बस चालक मकवानपुर जिल्ला को हेटौडा उपमहानगरपालिका वडा नम्बर ८ कमाने बस्ने ४९ वर्षीय धर्मराज रेग्मीको उपचारको क्रममा मृत्यु भएको प्रब्क्ता मिश्रले बताए ।
त्यस्तै, घाइते हुनेमा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ चौकी टोल बस्ने ३५ वर्षीय इन्द्र बहादुर कार्की ,कोल्हवी नगरपालिका वडा नम्बर ११ बस्ने २१ वर्षीय सुरज चौधरि ,सोही ठाउँका २८ वर्षीय राम प्रवेश राम , ५७ वर्षीय देवकी पन्त , २२ वर्षीय बिहारीलाल चौधरी ,कोल्हवी नगरपालिका वडा नम्बर १ बस्ने ३९ वर्षीय बिरेन्द्र प्रसाद चौधरी , १९ वर्षीय रोहण बहादुर अधिकारी ,रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १ बस्ने ३४ वर्षीय गान्धी दास रहेका छन् ।
घाइते मध्ये कार्कीको चुरेहिल अस्पताल हेटौंडा , राम को अर्थोपेडिक अस्पताल हेटौंडा ,बिहारीलालको चितवन मेडिकल कलेज मा उपचार भईरहेको र अन्य को अवस्था सामान्य चोट लागेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…