शहिदनगरमा सोमबारदेखि सबै विद्यालयहरु खुल्ने
केही ठाउँमा भने सँस्थागत (निजी) विद्यालयहरु भने मापदण्ड अपनाएर विद्यालय सँचालन गरेको हो ।

२०७८ भदौ ३ बिहीबार, राति ८:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका अन्तर्गतको सबै विद्यालयहरु आउँदो सोमबारदेखि खुल्ने भएको छ ।
शहिदनगर नगरपालिकाले एक सूचना जारी आउँदो सोमबार भदौ ७ गतेदेखि सबै समुदायिक तथा सँस्थागत विद्यालयहरु खुल्ने भएको छ । कोभिडको कारण प्रत्यक्ष रुपमा विद्यालय खुल्न नसकेको अवस्थामा हाल शिक्षाको अवस्थालाई मध्यनजर गर्दै भौतिक रुपमै विद्यालय खोल्ने निर्णय गरेको हो ।
भदौ ७ गतेदेखि कोभिडबाट बच्ने सबै सुविधा तथा मापदण्डहरु अपनाएर विद्यालय खोल्ने निर्णय गरेको हो । विद्यालयमा भौतिक रुपमै विद्यार्थीहरुलाई समेत उपस्थित हुन सूचना जारी गरिएको हो ।
कक्षाकोठाभित्र रहेको डेस्कबेन्च सँख्या र सुविधा अनुसार समाजिक दुरी कायम गरी सुरक्षा मापदण्डको पालना हुने गरी मात्र विद्यार्थी बोलाउन मातहतका विद्यालयहरुलाई पत्राचार समेत गरिएको हो ।

विद्यालयमा मास्कको अनिवार्य प्रयोग, विद्यालयको प्रत्येक भवनको अगाडी हात धुने व्यवस्था, नजिकको स्वास्थ्य सँस्थासँग समन्व्य गरी विद्यार्थी वा शिक्षकलाई रुघाखोकी सहित तापक्रम जाँच्ने व्यवस्था मिलाएर विद्यालय सँचालन गर्ने निर्णय गरेको हो ।
सरसफाईमा विशेष ध्यान दिने, अविभाकहरुसँग निरन्तर समन्वय गर्ने, विद्यालय व्यवस्थापन समितिले सुरक्षाको मापदण्ड पालना हुने गरी आवश्यक व्यवस्थापन गर्ने र वडा कार्यालयले आवश्यक सहयोग गर्ने निर्णय गरेको हो ।
विभिन्न ठाउँमा केन्द्र सरकारले भौतिक रुपमा विद्यालय नखोल्न आग्रह गरिरहेको अवस्थामा नगरका बालबालिकाहरुको शैक्षिक स्तर र वर्तमान अवस्थालाई मध्यनजर गर्दै भौतिक रुपमै उपस्थित गराएर आवश्यक सुरक्षा साथ पठन पाठन गराउने निर्णय गरेको हो ।
कोरोना महामारीको दोस्रो लहरको कारण विगत कैयाँै महिनादेखि विद्यालयहरु खुल्न सकेको छैनन् । केही ठाउँमा भने सँस्थागत (निजी) विद्यालयहरु भने मापदण्ड अपनाएर विद्यालय सँचालन गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…