राष्ट्रपति भण्डारीद्धारा अध्यादेश जारी, २० प्रतिशतमै अब पार्टीहरु फुट्ने
एमालेले भने अध्यादेशको चर्को विरोध गर्दै आएको छ । आफ्नो पार्टी विभाजनका लागि जारी गरिएको अध्यादेशको प्रतिवाद गर्ने एमालेको चेतावनी छ ।

२०७८ भदौ २ बुधबार, दिउँसो १:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी छन् ।
राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले अध्यादेश प्रमाणीकरण भएको जानकारी दिए । दल विभाजनलाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले मंगलबार अध्यादेश सिफारिस गरेको थियो ।
मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सक्ने व्यवस्थासहित राष्ट्रपति समक्ष अध्यादेश सिफारिस गर्ने निर्णय गरेको थियो । यो निर्णयको सत्ता पक्ष र प्रतिपक्षका नेताहरुबाट विरोध हुँदै आएको छ ।
राजनीतिक दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत पुर्याउनु पर्ने व्यवस्थालाई परिवर्तन गरी संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत भए पुग्ने व्यवस्थासहित अध्यादेश जारी गर्न मंगलवार सरकारले राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।
अध्यादेश जारी भइसकेको अवस्थामा यथासक्य छिटो दल दर्ताका लागि निर्वाचन आयोग पुग्ने दुवै पक्षको तयारी छ ।
एमालेले भने अध्यादेशको चर्को विरोध गर्दै आएको छ । आफ्नो पार्टी विभाजनका लागि जारी गरिएको अध्यादेशको प्रतिवाद गर्ने एमालेको चेतावनी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…