सडकको लागत मूल्याँकन घटाएको झोँकमा कामतले तथानाम लेखे : उपाध्यक्ष कार्की
सोही बाटोलाई विवादमा पारी करिब २५ प्रतिशतसम्म मात्र बाटो बन्न दिएका मनोजले पछिल्लो निहुँ खोज्दै उपाध्यक्ष कार्कीमाथि तथानाम लेखेको आरोप छ । उपाध्यक्ष कार्कीले मनोज कामत अर्को पार्टीका कार्यकर्ता भएको कारण आफूमाथि राजनीतिक चरित्र हत्या गर्न खोजेको आरोप लगाइन् ।

२०७८ भदौ २ बुधबार, बिहान १०:३० बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको जनकनन्दिनी गाउँपालिकाकी उपाध्यक्ष भारती कार्कीलाई एक युवकले समाजिक सँजालमा जथाभावी लेखेको आरोप लगाइएको छ ।
जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ बस्ने स्थानीय मनोज कामतले उपभोक्ता समिति गठन गरी काम गराउँदा अपेक्षाकृत रुपमा मूल्याँकन नगरिदिएको झोँकमा गाउँपालिका उपाध्यक्ष कार्कीको बारेमा समाजिक सँजालमा तथानाम लेखिदिएको आरोप लगाइएको छ ।
उपाध्यक्ष कार्कीले आफ्नो अधिकारिक फेबसुक मार्फत उपभोक्ता समिति बनाएर विगतदेखि नै काम गर्दै आएका मनोज कामतको कारनामाको बारेमा उल्लेख गरेकी छिन् । कामतले केही सडक बनाएर ४ लाख रुपैयाँ मूल्याँकन गरिदिन दबाब दिएका थिए । तर, मूल्याँकन प्राविधिकले गर्ने भन्दै उनले नै काम नभएको भन्दै कम मूल्याँकन गर्दा आक्रोस पोखेको बताएकी छन् ।
यसका साथै, गत असार २५ गते एक घरायसी झगडाको क्रममा आफूलाई ईन्जिनीयर भन्ने मनोज कामतले स्थानीय चन्दर साह हलुवाई र उनको श्रीमतिबीचको झगडाको क्रममा उनको गरगहना लिएर भागेको आरोप छ । सोही आरोप सहित इलाका प्रहरी कार्यालय खजुरीमा निवेदन समेत चढाइएको छ ।
न्यायिक समितिको हैसियतले उपाध्यक्ष कार्कीले महिलालाई न्याय दिलाउन सहयोग गरेको निहुँमा पनि मनोज कामतले आफूमाथि तथानाम र निराधार शब्दहरु लेखेको आरोप लगाएकी हुन् । उनले सडकको मूल्याँकन कम र महिलाको घटनालाई लिएर आफूमाथि निहुँ खोजेको आरोप लगाइन् ।
उनले भनिन्, –“म न्यायिक समितिको सँयोजक छु, यसको हैसियतले महिलामाथि भएको घटनाको छानबिनमा मनोज कामत दोषी देखिए । मनोज अहिले काठमान्डौँ भागेका छन् । उतै लुकेर बसेका छन् । यहाँ ईलाका प्रहरीमा उनी विरुद्ध निवेदन छ । समय समयमा कतैबाट फेसबुकबाट तथानाम लेख्दै आएका छन् ।”
बाटोमा विवाद गरेको पत्र

“गणतन्त्रमा वाक स्वतन्त्रता हुन्छ तर, केही दिन देखि ई.मनोज कामतले जथाभावी मेरो राजनिती चरीत्र हत्या गर्ने नियतले जथाभावी लेखिएको छ ।”– उनले आफ्नो फेसबुकमा लेखेकी छन् ।
यसका साथै, गत आर्थिक वर्षको योजना कृषि बाटोको लागि पनि उपभोक्ता समितिका अध्यक्ष मनोज कामत आफैँ थिए । सोही योजनमा उनले आधी मात्र काम गरेकोले सो सडकको मूल्याँकन मात्र २ लाख गरिएको बताउँदै कामतले ४ लाख मूल्याँकन गर्न दबाब दिएको बताएकी छन् ।
“उसले मलाइ धेरै दबाब दियो कि मेरो माटो को मुल्याकन ४००००० (चार लाख) को गर्नु भनेर , तर उसले काम गरेको थिएन । प्राबधिकको मुल्यांकन अनुसार उसले आधा रकम मात्र पायो । त्यसकारण मेरो बिरोध गर्छ ।” उनले लेखेकी छन् ।
मनोज कामत विरुद्ध प्रहरीमा परेको उजुरी

गत बर्षकै योजनामा बेचु कामतको घर देखि राम चरीत्र साहको घर (उमेश भाइ) घर सम्म बाटोको समितीको अध्यक्ष हुनको लागि प्रयास गरेका मनोज कामत विफल भएपछि त्यसको आक्रोस उपाध्यक्ष कार्कीमाथि पोखिएको बताइएको छ ।
सो ठाउँका स्थानीयहरुले कामतलाई उपभोक्ता समितिको अध्यक्ष अस्वीकार गर्दै उनकै नातामा हजुरबा पर्ने रामकृपाल कामतलाई वडाध्यक्ष हरिचन्द्र कामतको रोहबरमा उपभोक्ता समितिको अध्यक्ष बनाएपछि झन आक्रोसित बनेका मनोज कामतले बाटो नै बन्न दिएनन् ।
सोही बाटोलाई विवादमा पारी करिब २५ प्रतिशतसम्म मात्र बाटो बन्न दिएका मनोजले पछिल्लो निहुँ खोज्दै उपाध्यक्ष कार्कीमाथि तथानाम लेखेको आरोप छ । उपाध्यक्ष कार्कीले मनोज कामत अर्को पार्टीका कार्यकर्ता भएको कारण आफूमाथि राजनीतिक चरित्र हत्या गर्न खोजेको आरोप लगाइन् ।
यता, मनोज कामतसँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल नम्बर 9819885626 मा सम्पर्क हुन सकेनन् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…