२५ लाखको लागतमा समुदायिक भवन, पूर्व मन्त्री श्रेष्ठले गरे उदघाटन
उदघाटन समारोहमा युवा नेता तथा ने.क.पा. जिल्ला सचिब नवीन कुमार यादव, नेकपा प्रदेश कमिटी सदस्य शिवशंकर यादव , सिरहा जिला स.स. सदस्य गीता देवी पासवान ,जिल्ला बाल संघसंगठनका सभापति तथा प्रदेश स्काउट सदस्य दिनेश कुमार यादव लगायत नेताहरुका उपस्थिती रहेको थियो ।

२०७८ साउन ३२ सोमबार, बिहान ९:४५ बजे१ मिनेट पढाइ

उमेश यादव, सिरहा । पूर्व कानून मन्त्री लिलानाथ श्रेष्ठद्धारा सिरहा नगरपालिका २ मा सामुदायिक भवन उद्घाटन गरिएको छ ।
दलित वस्तीलाई लक्षीत गरी सिरहा क्षेत्र नं. ३ मान्नय संसद विकास कोषबाट उक्त सामुदायिक भवन निर्माण गरिएको छ । सुविधायुक्त सो भवन २५ लाखको लागतमा उपभोक्ता समितिबाट निर्माण गरिएको छ ।
दलित, गरिव तथा विपन्न वर्गलाई प्रमुख प्राथमिकतामा राखि संसद क्षेत्रमा ठोस विकासका कार्य निरन्तर हुने पूर्व कानून मन्त्री श्रेष्ठले बताए ।
सामुदायिक भवन निर्माण भएपछि स्थानीयहरु खुसी भएका छन्। अब दलित, गरिव तथा विपन्न वर्गका जनतालाई सार्वजनिक तथा सामूहिक कार्य गर्न धेरै खर्चिनु नपर्ने बुझाई छ ।
उनीहरु आफ्ना विभिन्न सार्वजनिक कार्य यस सामुदायिक भवनमा गर्न सकिनेछ । यसका हेर विचार तथा संरक्षण यहीका जनताले गर्नु पर्ने प्रशासकीय प्रमुख बलिराम यादबले बताए ।
उदघाटन समारोहमा युवा नेता तथा ने.क.पा. जिल्ला सचिब नवीन कुमार यादव, नेकपा प्रदेश कमिटी सदस्य शिवशंकर यादव , सिरहा जिला स.स. सदस्य गीता देवी पासवान ,जिल्ला बाल संघसंगठनका सभापति तथा प्रदेश स्काउट सदस्य दिनेश कुमार यादव लगायत नेताहरुका उपस्थिती रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…