गाउँमा सडक बिग्रेपछि गाउँपालिका अध्यक्षलाई गाउँलेहरुले गाउँ घुमाए
तालाबन्दीपछि स्थानीयहरुले गाउँपालिका अध्यक्ष रायलाई सोही सडकमा पैदल घुमाएको हो ।

२०७८ साउन २८ बिहीबार, दिउँसो १२:२३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गाउँमा विभिन्न ठाउँबाट निस्कने सडक सँजालहरुको अवस्था बिग्रेपछि एक गाउँपालिका अध्यक्षलाई गाउँ घुमाइएको छ ।
प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित रहेको महोत्तरी गाउँपालिकाको वडा नम्बर २ स्थित गाउँको सडक बिग्रेपछि स्थानीयहरुले गाउँपालिका अध्यक्ष सुनिल रायलाई गाउँ घुमाएको छ ।
महोत्तरी गाउँपालिकाको मूल गेटमा तालाबन्दी गर्दै स्थानीय युवकहरुले गाउँपालिका अध्यक्षलाई पैदल गाउँ घुमाएको छ । सडकको अवस्था बर्षातमा झन बिग्रेको भन्दै ग्राउण्ड देखाउन उनलाई गाउँ घुमाइएको जय प्रकाश यादवले जानकारी दिए ।
यादवका अनुसार, वडा नम्बर २ को उत्तरबारी टोलको बजारदेखि ढारही पोखरीसम्मको सडकको अवस्था अन्यन्तै खराब भएको तथा बारम्बार जनप्रतिनीधिहरुलाई ध्यानकर्षण गराएपनि चासो नलिएको भन्दै गाउँपालिका अध्यक्षलाई गाउँ घुमाएको हो ।
केही बेर गाउँपालिकाको कार्यालय अगाडी स्थानीयहरुले टायर बालेर विरोध जनाएका थिए । त्यसपछि गाउँपालिका कार्यालयको मूल गेटमा तालाबन्दी गरेको थियो ।
तालाबन्दीपछि स्थानीयहरुले गाउँपालिका अध्यक्ष रायलाई सोही सडकमा पैदल घुमाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…