ट्रयाक्टरमा किचिएर एक युवकको मृत्यू
ट्याक्टर दुर्घटनापछि ट्याक्टरमा रहेका सवै फरार भएका थिए ।

२०७८ साउन २८ बिहीबार, बिहान १०:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा ट्याक्टर दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।
सिरहाको धनगढीमाई नगरपालिका ७ गागनखोला नजिकै स.१ त.५९३५ नम्बरको ट्याक्टर बुधबार बिहान पल्टिदा गोलबजार नगरपालिका वडा नम्बर ५ निपाने बस्ने बर्ष ३० को अरुण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरमा लेवरको रुपमा काम गर्दै आएका यादवको रातिको समयमा बालुबा लिन गएको बेला ट्याक्टर अनियन्त्रित भई पल्टिएको प्रहरीले बताएको छ ।
ट्याक्टरका चालक अर्जुन मुखिया र ट्याक्टर धनी दिनेश यादव दुवैजना फरार रहेको प्रहरीले बताउँछन् ।
ट्याक्टर दुर्घटनापछि ट्याक्टरमा रहेका सवै फरार भएका थिए । विहान स्थानीयले प्रहरीलाई खवर गरेको हो ।शव पोष्टमार्टमको लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान भईरहेको छ यता चालक र ट्याक्टरधनीको खोजी भइरहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…