मधेशकै चर्चित पहलवान यादवको हत्या गर्ने पासवान १० बर्षपछि पक्राउ
यसै क्रममा २०५६ पौष ४ गते उनलाई गोरखादक्षिणबाहु बाट पनि सम्मानित गरिएको थियो ।

२०७८ साउन २८ बिहीबार, बिहान ८:५९ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । नेपालकै चर्चित कुस्ती खेलाडी उपेन्द्र दास बैरागीलाई गो–लि हानी हत्या गरि फरार रहेको आरोपमा एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।
घटनाको १० वर्ष पछि प्रेमपुर गोनाही गाविस वडा नं. ३ हाल देवाही गोनाही नगरपालिका वडा नं. ७ सोनफी पासवान भन्ने सोनफी हजरालाई बुधबार जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
२०६८ असार २३ गते गौरको जिल्ला अदालत नजिकैको सडकमा कुस्ती खेलाडी प्रेमपुर गोनाही–१ का ५० वर्षीय उपेन्द्र दास बैरागीको गोली हानी हत्या भएको थियो ।
दश वर्ष देखी फरार रहेका हजारालाई गौर नगरपालिका वडा नम्बर ५ सडक खण्डमा हिलडुल गरी रहेको अवस्थामा पक्राउ गरेको एसपी सिद्धि विक्रम शाहले बताएका छन् ।
खेलाडी यादवलाई गो–ली हानी कर्तव्य गरी मा–रेको कर्तव्य ज्यान मुद्धामा मृतककी श्रीमती राम कुमारी देवीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सोनफी पासवान समेत भएको कर्यव्य ज्यान मुदामा वारदात पश्चात फरार रहेका हजरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
रौतहट जिल्लाको सदरमुकाम गौरस्थित जिल्ला अदालतको सडकमा मिलन केन्द्र नजिकै २०६८ असार २३ गते राती साढे ८ बजेतिर वैरागीको गोली हानी हत्या गरिएको थियो ।
राति सवा आठ बजे लोडसेडिङको मौका छोपी उनीमाथि अज्ञात समुहले गोली प्रहार गरेका थिए ।
गो–ली लागेर अचेत बनेका वैरागीको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको थियो । प्रहरीले हत्याको आरोपमा गोनाही–४ का जगरनाथ राय यादव र सर्फलाल महतो पक्राउ पनि गरेको थियो । तर, पछि उनीहरुको संलग्नता नदेखिएको उनीहरु रिहा भएका थिए ।
त्यतिबेला प्रहरीले घटनाको राम्ररी अनुसन्धान नगरेको र प्रहरीले ह–त्यारा समाउने भन्दा पनि झारा टार्नलाई मात्र अनुसन्धान गर्नाले दोषी पक्राउ नपरेको वैरागीकी श्रीमती रामकुमारी देवी यादवको आरोप छ ।
प्रहरीले राम्रोसँग अनुसन्धान गरिदिएको भए यतिखेर मेरा श्रीमानको हत्यारा जेलमा हुन्थे’ उनले दुःखेसो गर्दै भनिन् , ‘तर घटनालाई प्रहरीले सामान्य रुपमा लिदैँ अनुसन्धान फितलो गरिदिएको यादबले थपिन।
अहिले १० बर्स पछि एक अभियुक्त पक्राउ परे यस पटक न्यायालय र प्रशासन माथि ठूलो भरोसा रहेको पिडित परिवारको भनाइ छ।
आन्दोलन पछि भएको सम्झौता कागज दिदा पनि शहिद घोषणा र पाउनुपर्ने क्षतिपुर्तिको लागि कुनै सरकारले चासो नदेखाएको पीडितको कान्छो छोरा प्रेम यादबले बताए ।
क्षतीपुर्ती र सहिद घोषणा गर्न आनाकानी
उपेन्द्रदास बैरागी (यादव) ले सन् १९९९ नेपालमा भएको आठौं साफ खेलकुदमा कुस्ती तर्फको खेलमा देशलाई काश्य पदक दिलाएका थिए । देशको नाम राखेको भन्दै तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भण्डारी लगायत विभिन्न व्यक्ति तथा संस्थाले काठमाण्डौंमा उनको सम्मान गरेको थियो ।
यसै क्रममा २०५६ पौष ४ गते उनलाई गोरखादक्षिणबाहु बाट पनि सम्मानित गरिएको थियो ।
अहिले पनि वैरागीले पाएका अन्तराष्ट्रिय कुश्ती खेलाडी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुबाट पदक तथा प्रमाण पत्र एवम् नेपाल सरकार तथा विभिन्न संघसंस्थाहरुले गरेका सम्मानपत्रहरु उनको परिवारले जोगाएर राखेको छ ।
पदक अनि प्रमाणपत्रहरु वैरागी परिवारका लागि वैरागीको चिनो भएर घरमा सजिएका छन् । त्यतिबेला जिल्लाकै शानको रुपमा रहेका वैरागीको हत्या पछि गौरमा ठुलो जनप्रदर्शन भयो ।
जनप्रदर्शनको दबाबमा नेपाल सरकारले उनलाई शहिद घोषणा गर्ने र परिवारलाई १० लाख क्षतिपूर्ति दिने भनेर प्रतिवद्धता जनायो ।
तर घटना घटेको १० वर्षपछि पनि न उनलाई सहिद घोषणा गरियो न त परिवारले क्षतिपूर्ति पाए ।
युवा तथा खेलकुद मन्त्रालयले ९ बैशाख २०७२ मा अर्थ मन्त्रालयलाई पत्राचार गर्दै मृतक खेलाडीको योगदानको कदर गर्दै परिवारको भरणपोषणको लागी नगद १० लाख दिन अर्थ मन्त्रालयको सहमति माग गरे पनि पीडित परिवारले क्षतिपूर्ती र न्याय पाँउन सकेका छैनन।
अर्थ मन्त्रालयले २०७२ बैशाक २२ गते पत्रचार गर्दै खेलाडी वैरागीले खेल क्षेत्रमा गरेको योगदानको कदर गर्दै उनलाई सहिद घोषणा सहित परिवारको भरण पोषणको लागि १० लाख रुपैयाँ उपलब्ध गराउन युवा तथा खेलकुद मन्त्रालयसँग सहमतिको माग गरेको तर त्यस पछि कुनै पक्रिया अगाडी नबढेको वैरागीका जेठा छोरा रामाशंकर यादवको भनाइ छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…