सिरहामा लकडाउन अवधीको शुल्क नतिरेपछि स्कूलका प्रिन्सीपलले अभिभावकको हड्डी भाँचे
प्रिन्सिपलको कुटाइबाट ती परिवारका एक जनालाई हातकोे जोर्नीको हड्डी खुस्किएको साथै ती परिवारका ४ जना घाइते

२०७८ साउन २७ बुधबार, बिहान ९:०१ बजे२ मिनेट पढाइ
प्रिन्सिपलको कुटाइबाट ती परिवारका एक जनालाई हातकोे जोर्नीको हड्डी खुस्किएको साथै ती परिवारका ४ जना घाइते

२०७८ साउन २७ बुधबार, बिहान ९:०१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सरकारले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क गरेको छ । सामुदायिक विद्यालयको हकमा लागू भएको यो सरकारी नीति अझै पनि धेरै विद्यालयमा पूर्णरुपमा लागू हुन सकेको छैन ।
उता निजी विद्यालयको चर्को शुल्कलाई लिएर लामो समयदेखि चर्को वहस नै हुँदै आएको छ । तर पनि निजी विद्यालयको शुल्कमा मनपरि अझै हटेको छैन । त्यसमाथि लकडाउनका अवधिको शुल्क पनि धेरै निजी विद्यालयहरुले उठाउँदै आएका छन् ।
यस्तै, सिरहाको एक निजी विद्यालयले लकडाउनको अवधिमा नपढाएको शुल्क समेत माग्दा नतिर्ने बताएका एक अभिभावक मरणासन्न हुने गरि पिटिएका छन ।
उनीमात्र होइन परिवारका अन्य चार सदस्य पनि सख्त घाइते भएका छन् । पिटने प्रिन्सिपल घटना लगतै फरार छन् । पिटिएका अभिभावक र उनकी छोरीको स्थानीय अस्पतालमा उपचार हुन नसके पछि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको छ ।
सिरहाको मिर्चैया नगरपालिका १० मथलेश्वरस्थित श्री राजदेवी अंग्रेजी बोर्डिङ स्कुलका प्रिन्सिपल रामकुमार साहले आफ्नै विद्यार्थीका अभिभावकलाई शुल्क न तिरेको भन्दै कुटपिट गरेका छन् ।
प्रिन्सिपलको कुटाइबाट ती परिवारका एक जनालाई हातकोे जोर्नीको हड्डी खुस्किएको साथै ती परिवारका ४ जना घाइते भएका छन् ।
प्रिन्सिपल साहले अभिभावक अशोक साहसंग लकडाउन अवधिको ५ हजार शुल्क मागेका थिए । तर लकडाउन अवधिको शुल्क कसरी तिर्नु भनेपछि दुईबीच विवाद भएको थियो ।
लकडाउनको अवधिमा बोर्डिङले अध्ययन अध्यपान सबै बन्द गराएको थियो । त्यसैले अभिभावक साहले रकम तिर्न नसक्ने भनेपछि बोडिङ स्कुलका प्रिन्सिपल साहले गाली गलौज गर्दै कुटपिट गरेका थिए ।
अशोकमाथि कुटपिट भइरहेको देखेपछि छुटाउन गएका परिवारका अन्य सदस्यमाथि पनि प्रिन्सिपल साहले कुटपिट गरेका थिए । कुटपिटबाट अशोककी श्रीमती सुनितादेवि साह, छोरी सरिता साह र अर्की छोरी अञ्जली पनि साह घाइते भएका छन् ।
प्रिन्सिपलको हेलमेटको कुटाईबाट अभिभावक अशोककुमार साह र उनकी छोरीको सरिताको अवस्था गम्भीर छ । अशोकको टाउकोमा चोट लागेको छ भने छोरी सरिताको हात भाँचिएको र टाउको पनि फुटेको छ ।
उनीहरू दुवैलाई मिर्चैयास्थित स्थानीय अस्पतालमा उपचारमा सम्भब नभएपछि विराटनगरस्थित न्यूरो अस्पतालमा रिफर गरिएको छ ।
यता, घटनापछि प्रिन्सिपल साह फरार छन् । उनको खोजीकार्य भइरहेको मिर्चैया इलाका प्रहरी कार्यालयले जनाएको छ । यो घटनापछि राजदेवी बोर्डिङ नै बन्द गरेर अन्य शिक्षक तथा कर्मचारीहरु बोर्डिङबाट बाहिरिएका छन् ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।


प्रमुख समाचार

प्रमुख समाचार

प्रमुख समाचार

प्रमुख समाचार
व्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
२०८३ असोज २६ सोमबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा नयाँ अवसर मिल्न सक्छ । रोकिएका काम अघि बढ्नेछन् । आर्थिक कारोबार गर्दा सावधानी अपनाउनुहोला । परिवारको साथले मन प्रसन्न रहनेछ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…