मुद्दा मिलाइदिने भनी लाखौं रुपैयाँ ठग्ने जनकपुरका शर्मा पक्राउ
प्रतिवादी गौतम शर्माको श्रीमतीसंग रकम ठगी गर्ने जनकपुरधाम उपमहानगरपालिका ७ जिरोमाईल बस्ने गिरजानन्द शर्माको छोरा सुरजलाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

२०७८ साउन २७ बुधबार, बिहान ८:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मुद्दा मिलाइ दिने भनि ठगी गर्ने धनुषाका एक युवक महोत्तरीमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–७ जिरोमाईल बस्ने गिरजानन्द शर्माको २६ वर्षीय छोरा सुरज कुमार शर्मा रहेको प्रहरीले जनाएको छ ।
उनलाई सोमबार दिउँसो महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर २ जिरोमाइलबाट पक्राउ गरिएको हो । उनले एकडारा गाउँपालिका वडा नम्बर ४ चकवा चोकबाट लागूऔषधसहित पक्राउ परेका गौतम शर्मालाई छुटाउन तथा मुद्दा मिलाउनको लागि विभिन्न सरकारी कार्यालयहरूमा कुरा मिलाउनु पर्छ भनि झुठो आश्वासन दिई पौने चार लाख रुपैयाँ ठगी गरेको प्रहरीले बताए ।
प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१८ महुवास्थित घरबाट र महोत्तरी जलेश्वर नगरपालिका वडा नम्बर २ स्थित जिरोमाईलबाट साउन १४ देखि २२ गतेसम्म पटक–पटक गरी ३ लाख ७५ ठगि गरेका छन् ।
प्रतिवादी गौतम शर्माको श्रीमतीसंग रकम ठगी गर्ने जनकपुरधाम उपमहानगरपालिका ७ जिरोमाईल बस्ने गिरजानन्द शर्माको छोरा सुरजलाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…