कमला नगरपालिकामा प्रहरी चौकी स्थापना, ट्राफिक प्रहरी पनि आउने
सो प्रहरी कार्यालयको कमला नगरपालिकाका मेयर राम उदगार गोईत, उपमेयर शिला देवी मण्डल, वडा नम्बर २ का वडाध्यक्ष धनेश्वर यादव, वडा नम्बर ३ का वडाध्यक्ष विशेश्वर यादव, वडा नम्बर १ का वडाध्यक्ष राजकुमार यादव र इलाका प्रहरी कार्यालय खजुरीका ईन्चार्ज रबिन मैनालीको सँयुक्त हातबाट उदघाटन गरिएको थियो ।

२०७८ साउन २५ सोमबार, बिहान ८:५३ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । पूर्वी धनुषाको कमला नगरपालिकास्थित प्रहरी चौकी स्थापना गरिएको छ । कमला नगरपालिका वडा नम्बर २ स्थित रहेको नगरपालिका कार्यालय परिसरमै प्रहरी चौकी स्थापना गरिएको हो ।
कमला नगरपालिका वडा नम्बर २ को माची झिटकैया (माची) स्थित प्रहरी चौकी माची स्थापना गरिएको हो । नगरपालिका कार्यालयको हेरचाह सहित वडा नम्बर १, २ र ३ लाई लक्षित गरी सो प्रहरी चौकी स्थापना गरिएको हो ।
ईलाका प्रहरी कार्यालय खजुरीको मातहतमा स्थापना गरिएको सो प्रहरीचौकीमा तत्काल पाँच जना प्रहरीलाई तैनाथ गरिएको हो । वडा नं. १, २ र ३ का बासिन्दाले इलाका जानुपर्ने बाध्यता पनि हटेको छ ।
प्रारम्भिक रिपोर्ट लेखाउन तथा शान्ती सुरक्षाको लागि यी तीन वटा वडाका वडावासीले अब माचि झिटकैयास्थित रहेको प्रहरी चौकी माचीमै आफ्नो गुनासो, निवेदन दिन सकिने इलाका प्रहरी कार्यालय खजुरीका ईन्चार्ज रबिन मैनालीले जानकारी दिए ।
प्रहरी नीरिक्षक (ईन्सपेक्टर) मैनालीका अनुसार, हुलाकी राजमार्गको सराबे, माचि, लगमा सहित पल्लो गाउँ मँगराहातर्फ पनि प्रहरी चौकी माचीको ड्युटी खटिनेछ ।
यसका साथै, इन्सपेक्टर मैनालीका अनुसार, माची प्रहरी चौकीको लागि केही वर्षअघि नै स्वीकृति भएकोमा जनशक्ती अभावमा चौकी स्थापना हुन सकेको थिएनन् । माचीमा १५ जना प्रहरीको दरबन्दी रहेकोमा अहिले जनशक्ति अभावमा पाँच जना खटाइएको हो ।
प्रहरी चौकीको लागि नगरपालिका कार्यालयस्थित विद्यालयकै पालामा बनेको भवन उपलब्ध गराएको हो । जनहित माध्यमिक विद्यालय माचीको भवन जिर्ण भएपछि अन्यत्र ठाउँमा विद्यालय भवन निर्माण गर्दै पुरानो ठाउँमा प्रहरी कार्यालय राखिएको हो ।
नगरपालिकाले बनाएको सो विद्यालय भवनमा प्रहरी कार्यालय व्यवस्थापन गरिएको हो । इन्सपेक्टर मैनालीका अनुसार, केही दिनभित्रै ट्राफिक प्रहरी पनि आउनेछ । हुलाकी राजमार्ग अन्तर्गत माची, सराबे, लगमा, मँगराहा, मानपटिट् लगायतका ठाउँमा ट्राफिकले सवारी चेकजाँच गर्नेछ ।
गाउँस्तरमा हेलमेट नलगाउने, सवारीको कागजात नबोक्ने, लाईसेन्स नभएको, कर फेल भएको सवारीलाई ट्राफिकले इलाका प्रहरी कार्यालय खजुरीसँग मिलेर कारवाही गरिने इन्सपेक्टर मैनालीले बताए ।
सो प्रहरी कार्यालयको कमला नगरपालिकाका मेयर राम उदगार गोईत, उपमेयर शिला देवी मण्डल, वडा नम्बर २ का वडाध्यक्ष धनेश्वर यादव, वडा नम्बर ३ का वडाध्यक्ष विशेश्वर यादव, वडा नम्बर १ का वडाध्यक्ष राजकुमार यादव र इलाका प्रहरी कार्यालय खजुरीका ईन्चार्ज रबिन मैनालीको सँयुक्त हातबाट उदघाटन गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…