SEE मा मार्क बढाउन प्रति विद्यार्थी ६ हजार रुपैयाँ लिए, मार्क नबढेपछि हेडमास्टरको घर घेराउ
मा मार्क बढाउन प्रति विद्यार्थी ६ हजार रुपैयाँ लिए, मार्क नबढेपछि हेडमास्टरको घर घेराउ

२०७८ साउन २४ आइतबार, राति ९:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को धनुषाजिल्लास्थित एक समुदायिक विद्यालयका विद्यार्थीहरुले हेडमास्टरको घर घेराउ गरेका छन् ।
धनुषा जिल्लाको विदेह नगरपालिका वडा नम्बर १ ठाढीस्थित रहेको मावि ठाढीका हेडमास्टर र शिक्षकको टीमले एसईई दिने विद्यार्थीहरुसँग आन्तरिक मूल्याँकनमा अधिक नम्बर दिने भनेर प्रति विद्यार्थी रकम उठाएको आरोप लगाउँदै विद्यार्थीहरुले उनको घर घेराउ गरेका छन् ।
शनिबार दिउँसो एसईईको रिजल्ट प्रकाशित भएपछि कम ग्रेड आएको भन्दै आक्रोसित विद्यार्थीहरुले आईतबार साँझ विद्यालयका हेडमास्टर ९प्रधानाध्यापक० उमेश पाण्डेको घर घेराउ गरेका छन् ।
रकम दिएको भन्दै विद्यार्थीहरुले सुरुमा विद्यालयको कार्यालयमा तालाबन्दी गर्दै साँझ हेडमास्टरको घर घेराउ गर्न पुगेको नाम नखोल्ने शर्तमा एक जनाले जानकारी दिए । विद्यार्थीहरुले आफूहरुबाट प्रति विद्यार्थी ६ हजार रुपैयाँ लिएको आरोप लगाएका छन् ।
विद्यालयका हेडमास्टर पाण्डे सहित उनका मातहतका पनि केही शिक्षकहरुले विद्यार्थीहरुबाट रकम उठाएको बताइएको छ । वि।सं। २०७७ सालको एसइई परीक्षाको लागि कोरोना भन्दै सरकारले आन्तरिक मूल्याँकन गरी नम्बर पठाउन निर्देशन दिएपछि आर्थिक चलखेल गरी नम्बर दिएको आरोप छ ।
कोरोनाको महामारी भन्दै सरकारले भौतिक रुपमा परीक्षार्थीहरुलाई उपस्थिति गराउनुपर्ने अवस्था नरहेको अवस्थामा विद्यालयहरुलाई आन्तरिक मूल्याँकन गरी अँक पठाउन पत्राचार गरिएको थियो ।
सोही मौका छोपी केही जनप्रतिनीधि र शिक्षकहरुले समेत आर्थिक प्रभावमा परी विद्यार्थीहरुको नम्बर घटबढ गरेको आरोप छ । जसमा विदेह नगरपालिकाका मेयर बेचन दासका भाई लखन दास समेतको सँलग्नता रहेको बताइएको छ ।
यस बारे विद्यालयका हेडमास्टर उमेश पाण्डेसँग सम्पर्क गर्दा उनले फोन भने उठाएनन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…