मेयरका भाइ 'लखन मास्टर' ले १० वटा बाख्रा बाँडेर १०० बाख्राको रुपैयाँ लिए
साहले राष्ट्रिय सूचना आयोगको आदेशलाई पनि वेवास्ता गर्दै आएका छन् ।

२०७८ साउन २४ आइतबार, दिउँसो ४:२८ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, २४ साउन । धनुषाको विदेह नगरपालिकाका मेयर बेचन दासका भाइ लखदन दासले बाख्रा वितरणको नाममा झण्डै पाँचलाख रुपैयाँ अनियमितता गरेको रहस्य खुलेको छ ।
नगरपालिकाका निमित प्रशासकीय अकिृत संजिव साहको मिलेमतोमा लखनले १० वटा मात्रै बाख्रा वितरण गरी ४ लाख ७० हजार रुपैयाँ भुक्तानी लिखएको खुसाला भएको हो ।
लखनले कार्यालयमा विदेह नगरपालिका ७ स्थित भगवती बाख्रा पालन कृषि समूह जोगियाबाट एक सय वटा बाख्रा खरिद गरेको बिल पेश गरी ४ लाख ७१ हजार भुक्तानी लिएको कार्यालय श्रोतले जनाएको छ ।
दासले ९/१० वटा मात्र बाख्रा वितरण गरी प्रमाण जुटाएर सो रकम नगरपालिकाबाट निमित प्रशासकीय अधिकृत साहसंग साठगाठ गरी झिकेका हुन् ।
लखनले नगरपालिकबाट बाख्रा वितरणको नाममा झिकेको ४ लाख ७० हजार बाख्रा खरिद गरेको भनिएको भगवती बाख्र पालन कृषि समूहका संचालक हरिशंकर यादवलाई मात्र ४५ हजार दिएका छन् ।
बाँकी सबै रकम ४ लाख २५ हजार आफै राखेको सुन्नमा आएको नगरपालिकाका कृषि तथा बालिविकास अधिकृत चन्देश्वर ठाकुरले बताए । तर नगरपालिकाले सयवटा बाख्रा वितरण गरेको कागजी प्रमाण चुस्त राखेको छ ।
वडा नं। ८ का वडाध्यक्ष विनोद गोहितमानले मेयरका भाइ लखन दासले बाख्रा वितरणको नाममा नक्कली विल भर्पाइ बनएर भ्रष्टाचार गरेको आरोप लगाए । उनले बाख्रा वितरण अनियमिततामा निमित प्रशासकीय अधिकृत साह, मेर दास र उनका भाइ लखनको संलग्नता रहेको दावी गरे ।
अधिकृत ठाकुरले मेयरका भाई लखनले एक सय बाख्रा वितरण गरेको भन्दै असारको अन्तिम साता कार्यालयमा आएर आफुसंग जवरजस्ती भर्पाइ समेत गरेको प्रतिक्रिया दिए ।
एकसय बाख्रा वितरण भयो भनेर मेयरका भाइले मसंग जवरजस्ती भर्पाइ गराउनु भयो । वितरण भयो कि भएन मलाई थाहा भएन । पछि चेक भगवती फारमको नाममा बन्यो, अधिकृत ठाकुरले नेपालखबरसंग भने ४ लाख ७० हजारबाट ४५ हजार काटेर बाँकी रकमको चेक फारमबाट काटेर लखनले लिनु भो । यो कुरा फारमका संचालक हरिशंकरले नै मलाई सुनए ।
यता बाख्रा फारमका संचालक हरिशंकरले नगरपालिकाले आफुसंग एकसय बढी बाख्र किने दावी गरे । आफु बाहिर रहेकोले कति बाख्रा दिएको र कतिको बिल दिएको कुरा भेटेपछि माात्र जानकारी दिन सक्ने भन्दै पन्छिए । उनले नगरपालिकालाई काटेर दिएको बिलको प्रतिलिपी समेत आफुसंग नभएकाले नगरपालिकामै बुझ्न आग्रह गरे ।
यता, नगरप्रमुख बेचन दास र निमित प्रमुख प्रशासकीय अधिकृत संजिव साहले बाख्रा वितरण भएको दावी गरेका छन् । साहले बाख्रा वितरण भएको सबै प्रमाण नगरपालिकासंग रहेको बताए ।
नगरप्रमुख दासले सयवटा नै बाख्रा वितरण भएको दावी गर्दै गाउँमा गएर बुझ्न आग्रह गरे । विदेह नगरपालिकामा मेयर दासले तल्लोह तहका कार्मचरी इन्जिनियर साहलाई निमित प्रशासकीय अधिकृत बनाएर धेरै योजनाहरु कागजमै काम गरी करोडौं रुपैयाँ अनियमिताता गरेको स्थानीय बासिन्दाको आरोप छ ।
नगरपालिकामा कुनै प्रकाशरको सुशासन पारदर्शीता छैन । सूचनाको हक प्रयोग गर्दा पनि गरेको अनियमितताको भण्डाफोर हुने डरले सूचना दिन निमित प्रशासकीय अधिकृत साहले जालझेल गर्दै आएको चन्द्रदीप यादवले आरोप लगाए ।
साहले राष्ट्रिय सूचना आयोगको आदेशलाई पनि वेवास्ता गर्दै आएका छन् । मेयर दासले कार्यालय सहयोगीसंग कार्यकक्षमै मालिस गराएको तस्बीर भाइरल भएपछि उनी अहिले चर्चामा छन् ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…