सिरहामा भयो आदर्श विवाह
बिनय यादव, सिरहा, २९ फागुन । सिरहामा एक जोडीले आदर्श विवाह गरेका छन् । समाजमा रहेको व्याप्त दाइजो प्रथा र समुदाय बीचको अनमेलका कारणले धेरैलाई विवाह अहिले महँगो हुन थालेको छ । तर, सिरहाको कल्याणपुर नगरपालिका वडा न ११ एक जोडीको बीचमा आदर्श विवाह सम्पन्न भएको हो । सिरहाको कल्याणपुर नगरपालिका ११ मा बस्न

२०७४ फागुन २९ मंगलबार, बिहान ८:४० बजे१ मिनेट पढाइ

बिनय यादव, सिरहा, २९ फागुन । सिरहामा एक जोडीले आदर्श विवाह गरेका छन् । समाजमा रहेको व्याप्त दाइजो प्रथा र समुदाय बीचको अनमेलका कारणले धेरैलाई विवाह अहिले महँगो हुन थालेको छ । तर, सिरहाको कल्याणपुर नगरपालिका वडा न ११ एक जोडीको बीचमा आदर्श विवाह सम्पन्न भएको हो ।
सिरहाको कल्याणपुर नगरपालिका ११ मा बस्ने ललित मण्डलकी छोरी १९ वर्षीया रिना कुमारी मण्डल र सोही जिल्लाकै कल्याणपुर न.पा. १० प्रचिलवा बस्ने कपिल मण्डलका छोरा २१ वर्षिय सन्तोष कुमार मण्डलबीच गत शुक्रबार आदर्श विवाह भएको छ ।
अपन मिथिला सेवा समाजको विशेष पहलमा सम्पन्न यस विवाहमा बेहुलाका बुवा र आफन्तहरु तथा बेहुलीकी बुवा, आमा र केही छरछिमेकको उपस्थितिमा बिना जग्गे, बिना जन्ती र बिना लेनदेन अर्थात् विना दाइजोको भएको थियो । दुबै बीचमा रमैणी नामक मन्त्र पढेर आदर्श विवाह सम्पन्न भएको समाजका अभियन्ता एवम् हाल समाजसेवामा सक्रिय समाजसेवी मंसाराम यादवले न्यूज ब्यूरोलाई जानकारी दिए ।
यो विवाह समाज परिवर्तनको नमुना भएको स्थानीयले बताएका छन् । यस विवाहमा लत्ता कपडासमेत नदिई एकले अर्कालाई ढोगेर रमैणी पढेर विवाह सम्पन्न गरेको बेहुली पक्षले जानकारी दिए । यो विवाह मधेसी समूदायमा राम्रो र उदाहरणीय भएको स्थानीयहरुले बताए ।
यो विवाहमा सिन्दुर, पोते र दुवै पक्षको जन्तीहरू भएपनि विवाहमा त्यो कुनै पनि संकेत नगरी एउटा कागज लेखेको भरमा विवाह हुने गरेको बेहुलाका बुवा मण्डलले बताए । यस विवाहले समाज परिवर्तनमा अहम् भुमिका तथा व्याप्त दाइजो प्रथालाई अन्त्य संदेश प्रवाह स्वरूप अपन मिथिला सेवा समाजले आदर्श विवाह प्रमाण-पत्र प्रदान गरेको समाजका केन्द्रिय अध्यक्ष कैलाश यादवले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…