वन डिविजन सिरहाका हाकिम विरुद्ध सडकमा ओर्ले चुरे अभियानीहरु
अभियानीहरुले सुरु गरेको अनिशिचतकालीन आन्दोलनको पहिलो चरण अन्तरगत दस दिन सम्म धर्ना प्रर्दशन गर्ने
२०७८ साउन २० बुधबार, राति ८:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, २० साउन । डिभिजन वन कार्यालय सिरहाका प्रमुखले आफनो अनियमीततालाई ढाकछोप गर्नका लागि चुरे अभियानीहरुलाई पक्राउ गराएको भन्दै अभियानीहरु सडकमा ओर्लेका छन् ।
अभियानीहरुलाई पक्राउ गर्न लगाई मुद्दा चलाइएको भन्दै चुरे तथा वनजंगल संरक्षण अभियानले जनकपुरधाममा सुरु गरेकोे अनिश्चितकालीन आन्दोलन तेस्रो दिनपनि जारी राख्दै प्रमुख विरुद्ध सडकमा प्रदर्शन गरेका हुन् ।
डिभिजन वन कार्यालय सिरहामा कार्यालय प्रमुखले विरुवा खरिदमा गरेको अनियमतीता र मारुती सिमेन्टले वनको जग्गा कव्जा गर्दा पनि छानवीन गरि वनलाई फिर्ता नगराइएको प्रति गत साउन २ गते लहान स्थित डिभिजन वन कार्यालयमा ज्ञापनपत्र वुझाउन चुरे अभियानीहरु पुगेका थिए ।
सोहि क्रममा दुइजना अभियानीलाई पक्राउ गर्नुका साथै पाच जनामाथि जवरजस्ती झुठा मुद्दा लगाई मुद्दा चलाइएको भन्दै रिहाईका साथै डिभिजन वन कार्यालय सिरहामाथि छानवीनको माग राख्दै अभियानले अनिश्चितकालीन आन्दोलन सुरु गरेको हो ।
अभियानीहरुले सुरु गरेको अनिशिचतकालीन आन्दोलनको पहिलो चरण अन्तरगत दस दिन सम्म धर्ना प्रर्दशन गर्ने भएको छ ।
कोणसभामा बोल्दै अभियानीहरु अनियमीतताको छानवीनको माग गरेपछि आफना अभियानीहरुलाई धरपकड गर्नुका साथै झुठा मुद्दा लगाई अभियानले थालेको मुद्दाबाट भटकाउने प्रयास स्वरुप यस्तो गरेको वताउदै सरकारले झुठा मुद्दा फिर्ती र अभियानीलाई रिहाईका साथै डिभिजन वन कार्यालय सिरहामािथ छानवीन समिति गठन नगरे सम्म आन्दोलन समाप्त नहुने बताए ।
सरकारले आफनो माग पुरा नगरे सम्म आन्दोलन नरोकिने समेत वताए । धर्ना कार्यक्रममा युवा अभियन्ता रजनिश साह को पनि उपस्थिति थियो।
अभियानले सुरु गरेको अनिशिचतकालीन आन्दोलनको पहिलो चरण अन्तरगत दस दिन सम्म धर्ना प्रर्दशन गर्ने अभियानी अमन यादबले जानकारी दिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
रजनिश साह
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…