प्रदेश २ः मालपोत कार्यालयबाट श्रेष्ता च्यातेर मोठको ठेली नै गायब
श्रेस्ता र मोठ जस्ता संवदेनशील कुरामा सम्बनधित निकाय बेलैमा यस तर्फ धयान दिनुपर्ने सेवाग्राहीले अपील गरेका छन् ।

२०७८ साउन २० बुधबार, बिहान ८:५७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, २० साउन । कर्मचारीहरू र लेखनदासको बदमाशीका कारण भूमिसुधार तथा मालपोत कार्यालय पर्साका १४ वटा पालिकाका विभिन्न वडामा दर्ता रहेको जग्गाको श्रेस्ता च्यातिएको र कुनै कुनै वडाको मोठको ठेली नै गायब रहेको पाइएको छ ।
भुमाफियाहरु संग मिलेर एनीहाउ मालकमाउ धन्दामा पलकिएका अहिले भूमिसुधार तथा मालपोत कार्यालय पर्साका कर्मचारीहरू र लेखनदासहरु वीरगञ्ज महानगरको नगवा, भवानीपुर, लालपर्सा लगायत विभिन्न वडामा दर्ता रहेको जग्गाको मोठको ठेली गायब गरिदिएका छन भने श्रेष्ता च्याति दिएका छन ।
यता श्रेस्ताको फोटो खिचेर अनलाइनमा अपडेट गर्न आएको प्राविधिक टोलीले समेत थुप्रै श्रेस्ता र केही वडाका ५० पन्ने ठेलीसमेत नभेटिएको बताएका छन् ।
पिज जिओकम–सिड जेभीका प्राविधिक अमरनाथ राउतका अनुसार धेरै पहिलेदेखि मालपोत पर्सामा ठेली गायब गर्ने, श्रेस्ता च्यात्ने परम्पराका कारण थुप्रै श्रेस्ताको पन्ना नभेटिएको बताए ।
“कुनै कुनै वडाको पूरै पन्ना भएको मिसिल अर्थात् ठेली नै गायब छ, कसरी फोटो खिचेर हाल्ने, एउटा ठेलीमा आधा दर्जनभन्दा बढी श्रेस्ताको पन्ना च्यातिएको पनि भेटेका छौं, हामीले हाकिम साहेबलाई जानकारी गराएका छौं, श्रेस्ता जुन अवस्थामा छ, त्यतिकै पन्नाको फोटो खिचेर हालेका छौं,” राउतले भने ।
पर्सामा १४ वटा पालिकामा गरी करीब ९६ वटा ठेली रहेकामा करीब ६ हजार श्रेस्ताको पन्नाको फोटो खिचेर अपडेट गर्ने क्रममा यस्तो कमजोरी भेटिएको प्राविधिकहरूले बताएका छन् ।
भुमाफियाहरु संग मिलेर कर्मचारीहरू र लेखनदासहरुले जथाभावी जग्गाको श्रेस्ताको ठेली कार्यालयमा पसेर गायब गरेका छन र चातिदिएका छन् ।
यता कर्मचारीहरूले लेखनदासको बदमाशीले श्रेस्ता च्यातिने आरोप लगाउँँछन् भने लेखदासहरू कर्मचारीहरू माथि आरोप लगाएका छन् ।
तर यस विषयमा भूमिसुधार तथा मालपोत विभागले छानबीन गरी सम्पूर्ण श्रेस्ताको संरक्षण गरी सिस्टममा बसेर काम गर्ने नियम ल्याउनुपर्ने सुझाव सेवाग्राहीको छ ।
श्रेस्ता र मोठ जस्ता संवदेनशील कुरामा सम्बनधित निकाय बेलैमा यस तर्फ धयान दिनुपर्ने सेवाग्राहीले अपील गरेका छन् ।
यात्राडेलीबाट
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…