चोरी भएको माता छिन्नमस्ताको मुकुट फेला, मुकुट चोर रँगेहात पक्राउ
साँझको बेला पुजारीहरु पोखरीतिर सरसफाईमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको थियो ।

२०७८ साउन १८ सोमबार, बिहान ८:०६ बजे१ मिनेट पढाइ

राजविराज, १७ साउन । प्रदेश नम्बर २ को प्रसिद्ध शक्तिपीठ माता छिनमस्ताको मुकुट आज फेला परेको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट (मस्तक) आईतबार साँझ चोरी भएको थियो ।
साँझ करिब ७ः१५ बजेतिर माता छिन्नमस्ताको चाँदीको मुकुट चोरी भएकोमा आज विहान सप्तरीको विष्णुपुर गाउँपालिकास्थित फेला परेको हो । साँझको बेला पुजारीहरु पोखरीतिर सरसफाईमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको थियो ।
आज विहान मुकुट खोजीको क्रममा स्थानीय प्रशासनले कडा सक्रियता देखाएपछि विष्णुपुर गाउँपालिक वडा नम्बर ५ मझाउ टोलका राजेश कुमार मण्डल पक्राउ परेका छन । मंडल प्रहरीको नियंत्रणमा रहेका छन ।
प्रसिद्ध शक्तीपीठको मुकुट चोरी भएपछि जिल्लाभरिमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको थियो भने सप्तरीका सिडिओ जयनारायण आचार्य समेत मुकुट चोरीको खवर पाएलगत्तै मन्दिर पुगेका थिए ।
उता, घटनासँगै सप्तरी प्रहरीका प्रमुख एसपी राजेन्द्र प्रसाद धमला नेतृत्वमा खटिएको प्रहरी टोली मुकुट खोजी कार्यलाई तीव्रता दिएका थिए भने छिन्नमस्ता गाउँपालिकासँगै जोडिएको बोर्डर पनि सिल गरिएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…