बाढीले सडक बगाएपछि जोखिमपूर्ण आवतजावत
बिगत चार वर्ष देखि असार मसान्तको महिना केही मात्र वर्षा हुँदा त्यो ठाउँमा प्रत्येक बर्ष हालिने ह्यूम पाइप बगाउने गरेको छ ।

२०७८ साउन १६ शनिबार, बेलुकी ५:३५ बजे१ मिनेट पढाइ

मुकेश पण्डित, जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिका वडा नम्बर ३ झौझी कटैया स्थितको सडक बगाएपछि स्थानीयहरु मारमा परेका छन् ।
केही दिन आएको बाढीका कारण मुख्य सडक नै बगाएपछि स्थानीयहरुलाई आवतजावतको लागि समस्या भएको छ । त्यहाँ स्थानीयहरुले काठको कठपुल बनाएपनि उनीहरुलाई सास्ती भोग्नुपरेको छ ।
अझै सडक मर्मत नगरिदिँदा उनीहरु जोखिमपूर्ण रुपमा काठको नाजुक पुलबाट आवतजावत गर्न बाध्य भएका छन् । एक साताअघि जलाद नदीमा आएको बाढीले धनौजी जनकपुर देखि धनौजी लोहना ,कटैया हुँदै जान कठिनाइ भएको छ ।
बिगत चार वर्ष देखि असार मसान्तको महिना केही मात्र वर्षा हुँदा त्यो ठाउँमा प्रत्येक बर्ष हालिने ह्यूम पाइप बगाउने गरेको छ । जसको कारण नागरिकलाई अधिक कठिनाईको सामना गर्नुपरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…