जसपा संसदीय दलको नेता यादव चयन
निर्वाचन आयोगले यादवले नेतृत्व गर्नुभएको जसपालाई आधिकारिता प्रदान गरिसकेको छ । आयोगले आधिकारिता प्रदान गरेपछि जसपा संसदीय दलको बैठक बसेको हो ।

२०७८ साउन १६ शनिबार, दिउँसो ४:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, १६ साउन । जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा उपेन्द्र यादव चयन भएका छन् ।
सो पार्टीले नेता नवराज सुवेदीको संयोजकत्वमा गठन गरेको निर्वाचन समितिका अनुसार पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका यादव सर्वसम्मतिरुपमा दलको नेता छानिएका हुन ।
नेता यादवलाई संसदीय दलको नेतामा चयन गरियोस् भन्ने प्रस्तावको समर्थकमा डा बाबुराम भट्टराई र प्रस्तावकमा महेन्द्रराय यादव पनि थिए । सो दलको आज बसेको संसदीय दलको बैठकमा प्रतिनिधिसभाका २० र राष्ट्रियसभाका दुई सांसद उपस्थित थिए।
निर्वाचन आयोगले यादवले नेतृत्व गर्नुभएको जसपालाई आधिकारिता प्रदान गरिसकेको छ । आयोगले आधिकारिता प्रदान गरेपछि जसपा संसदीय दलको बैठक बसेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…