सुनको सिक्री लोभमा साथीलाई घाँटीमा लक लगाएर मारे
तत्काल पक्राउ पर्नेहरुमा वीरगँज महानगरपालिका वडा नं. ७ रामटोल बस्ने बर्ष २५ को राहुल महर्जन, बर्ष २७ को बिक्की भन्ने दीप लामा तामाँग, बारा जिल्लाको फेँटा गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २७ को धनन्जय रकज र भारतको बिहार राज्य मोतिहारी बस्ने बर्ष ३० को रवि सर्राफलाई प्रहरीले पक्राउ गरेको हो ।

२०७८ साउन १६ शनिबार, बिहान १०:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, १६ साउन । प्रदेश २ को वीरगँज स्थित आफ्नै साथी पर्ने एक युवकलाई बोलाएर सुनको सिक्रीको लोभमा घाँटीमा लक लगाएर मारेको खुलेको छ ।
वीरगँज महानगरपाालिका वडा नमबर ७ स्थित बियर किन्ने बहानामा आफ्नै साथी पर्ने सर्लाहीको लालबन्दी वडा नं. १ घर भई हाल काठमान्डौंको गोँगबु बस्ने बर्ष २७ को सुजन भन्ने ज्ञानु पाख्रिनलाई मारेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत साउन १४ गते विहिबारको राती करिब १ः३० बजेको समयमा उनलाई अधिक बियर सेवन गराई थप बियर किन्ने बहानामा खाली एकान्त ठाउँमा लगेर मारेको प्रहरीले जनाएको छ ।
बीरगँज महानगरपालिका वडा नम्बर ७ रामटोलस्थित एकान्त स्थानको खाली जग्गामा लगी घाँटीमा लक लगाई घाँटी अँठ्याई ज्यान लिई पाख्रीनको सुनको सिक्री, सुनको औँठी, घडी र नगद १० हजार समेत लुटपाट गरेको हो ।
नियमित गस्तीमा घटनास्थल नजिक पुगेको प्रहरी टोलीले निजहरू मध्ये ३ जनालाई तत्काल नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई थप अनुसन्धान गर्दा दीप लामा तामाङले घटनास्थल नजिकै नालामा लुकाएको मृतकको सुनको सिक्रीको टुक्रा बरामद भएको हो ।
उनीहरूले कर्तव्य गरी मारेको पुष्टि हुन आएकोले तीनै जनालाई मिति शुक्रबार कर्तव्य ज्यान सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट दिन ७ (सात) म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको हो भने लुटपाट गरेको अन्य धनमाल लिई फरार रहेको व्यक्तिको पनि खोजतलास जारी राखेको छ ।
तत्काल पक्राउ पर्नेहरुमा वीरगँज महानगरपालिका वडा नं. ७ रामटोल बस्ने बर्ष २५ को राहुल महर्जन, बर्ष २७ को बिक्की भन्ने दीप लामा तामाँग, बारा जिल्लाको फेँटा गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २७ को धनन्जय रकज र भारतको बिहार राज्य मोतिहारी बस्ने बर्ष ३० को रवि सर्राफलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु सबैजनामाथि कर्तव्य ज्यानको मुद्दा लगाएर अनुन्धान प्रक्रिया अगाडी बढाएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…