शहिदनगर वडा नं. ३ को वडाकार्यालय सँचालनमा
देशमा सँघीयता आएपछि बनेको स्थानीय सरकारले गरेको कार्यहरु गन्ती गराउँदै उनले वडावासीको लागि अब कुनै पनि कार्यको लागि एकै ठाउँमा सबै सुविधा भेटाउने दाबी गरे ।

२०७८ साउन १५ शुक्रबार, बेलुकी ६:११ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, १५ साउन । धनुषाको शहिदनगर नगरपालिकाको वडा नं. ३ को वडाकार्यालय आजदेखि सँचालनमा आएको छ ।
गत आर्थिक वर्षमै थालिएको वडा नम्बर ३ को वडाकार्यालय निर्माण कार्य केही महिनामै सम्पन्न भई शुक्रबार उदघाटन समेत गरिएको हो ।
वडा कार्यालय गत आर्थिक वर्षमै निर्माण भई तयारी भएपनि व्यवस्ताताका कारण उदघाटन भने शुक्रबार गरिएको वडाध्यक्ष नागेन्द्र मण्डलले बताए ।
वडाध्यक्ष मण्डलको अध्यक्षता तथा नेपाली काँग्रेसका पूर्व साँसद, प्रजातान्त्रिक योद्धा मानिने नेता शिवधारी यादवको प्रमुख आतिथ्यमा वडा कार्यालय भवनको विधिवत रुपमा उदघाटन गरिएको हो ।
सो क्रममा बोल्दै शिवधारी यादवले देशमा स्थानीय सरकार आएपछि विकासको एक पाइलाको रुपमा वडा कार्यालय भवनको उदघाटन गर्न पाउँदा हर्षित भएको बताए । उनले आफ्नै वडामा वडा कार्यालय स्थापनापछि अब वडावासीको लागि कार्य सहजता हुने उनले बताए ।

स्थानीय जनप्रतिनीधिहरुले गरिरहेको कार्यलाई प्रशँसा गर्दै नेता यादवले स्थानीय स्तरमै कार्यालय स्थापना भएपछि दुर दराजबाट कार्यको लागि आउने सेवाग्राहीले थप सुविधा पाउने विश्वास गरे ।
नगरपालिकाका नगर प्रमुख उदय कुमार बरबरिया (यादव) एवम् नगर उपप्रमुख शिला देवी कापरको विशिष्ट आतिथ्यमा सो वडाकार्यालय भवनको सँयुक्त रुपमा उदघाटन गरिएको हो ।
सो क्रममा बोल्दै नगर प्रमुख बरबरियाले शहिदनगर नगरपालिकाको सबै वडामा आफ्नै वडा कार्यालय यसैवर्ष निर्माण गर्ने गरी उदेश्य राखिएकोले अब केही वडामा मात्र बाँकी रहेको बताए । उनले केही महिनाभित्रै अब सबै वडामा आफ्नै कार्यालय हुने विश्वास जनाए ।
देशमा सँघीयता आएपछि बनेको स्थानीय सरकारले गरेको कार्यहरु गन्ती गराउँदै उनले वडावासीको लागि अब कुनै पनि कार्यको लागि एकै ठाउँमा सबै सुविधा भेटाउने दाबी गरे ।
उदघाटन कार्यक्रममा वडाका वडासदस्यहरु, नेपाली काँग्रेसका नेताहरु, नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु, स्थानीय बुद्धिजीवी, विद्यार्थी, नागरिक समाजको पनि उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…