जनकपुरः एकाबिहानै सरकारी स्कोरपियो खाल्डोमा खस्यो, एकको मृत्यू, पाँच घाईते
घाइते पाँचजनाको सोहि अस्पतामा उपचार भइरहेको छ । उनीहरुको नाम भने अहिले नखुलेको प्रहरीले जनाएको छ ।

२०७८ साउन १५ शुक्रबार, बिहान १०:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, १५ साउन । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाम लगतै धनुषाको सपही स्थित स्कोरपियो दुर्घटना हुँदा एक जनाको मृत्यू भएको छ अन्य पाँच जना घाईते भएका छन् ।
शुक्रबार (आज) बिहानै धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाको सपही बजारस्थित सरकारी नम्बर प्लेट भएको स्कोरपियो पिकअप खाल्डोमा खस्दा एक जनाको मृत्यू भएको हो ।
सो घटनामा स्कोरपियो पिकअपमा सवार महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ९ बस्ने दीपक यादवको मृत्यू भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
महेन्द्रनगरका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) तिलक सुनारका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।
घाइते पाँचजनाको सोहि अस्पतामा उपचार भइरहेको छ । उनीहरुको नाम भने अहिले नखुलेको प्रहरीले जनाएको छ ।
आज बिहान करिब ५ बजे जनकपुर–ढल्केबर सडक खण्ड अन्तर्गत लक्ष्मीनिया गउँपालिका स्थित सपहीमा राजमार्गमै पुल निर्माणको लागि खनिएको खाल्डोमा सो स्कारपिओ खसेको हो ।
तिव्रगतिमा ढल्केबरतर्फबाट जनकपुर तर्फ आउँदै गरेको सरकारी नम्बरप्लेट ज २० ०२ ०००१ ख ००३५ नम्बरको स्कारपिओ पिकअप डाइभर्सनबाट नगइ अनियन्त्रित भएर पुल निर्माणाधिन खाल्डोमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…