बिहे गर्छु भनी युवतिलाई ४ वर्षसम्म सँगै राखेका ट्राफिकका असई पक्राउ
गर्भपतन गराउन विभिन्न स्वास्थ्य केन्द्र गएको र परीक्षण गरेका कागजातसमेत आफूसँग रहेको महिलाको दाबी

२०७८ साउन १३ बुधबार, बिहान ९:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, १३ साउन । एक महिलालाई यौन शोषण गरेको आरोपमा नेपाल प्रहरीका एक असईलाई नियन्त्रणमा लिइएको छ ।
ट्राफिक प्रहरी पोस्ट भान्टाबारी सुनसरीमा कार्यरत जितेन्द्रनारायण मण्डल विरुद्ध साउन ९ गते इलाका प्रहरी कार्यालय इटहरीमा जबरजस्ती करणीको जाहेरी दर्ता भएको थियो ।
जाहेरी दर्ता भएपछि अनुसन्धानको लागि मण्डललाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो । २३ वर्षीय महिलाले असई मण्डलविरुद्ध जबरजस्ती करणीको जाहेरी साउन ८ गते दिएकी थिइन् ।
मण्डलले ती महिलालाई अन्तिम पटक ७७ चैत २८ गते इटहरी ६ स्थित अरुण होटेल एन्ड लजमा जबरजस्ती करणी गरेको आरोप छ ।
त्यस अघि पनि मण्डलले आफूलाई श्रीमती बनाउने भन्दै ४ वर्षदेखि मण्डल सरुवा भएसँगै भोजपुर, झापा, इटहरी, लौकहीमा डेरा गरी राखेको महिलाको भनाई छ । मण्डलकै दबाबमा दुई पटक गर्भपतन समेत गराएको उनी बताउँछिन् ।
गर्भपतन गराउन विभिन्न स्वास्थ्य केन्द्र गएको र परीक्षण गरेका कागजातसमेत आफूसँग रहेको महिलाको दाबी छ ।
मण्डल विरुद्ध जबरजस्ती करणीको जाहेरी परेको बताउँदै इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अर्जुन केसीले मण्डललाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको जानकारी दिए । मण्डललाई म्याद थपको लागि सुनसरी जिल्ला अदालत पठाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…