यी तीन प्रदेशको प्रदेश प्रमुखहरु हटाइदै
यसअघि देउवा सरकारले नियुक्त गरेका सातवटै प्रदेश प्रमुखहरुलाई हटाएर ओली सरकारले नयाँलाई नियुक्त गरेको थियो।

२०७८ साउन १२ मंगलबार, बिहान ११:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, १२ साउन । सरकारले तीन वटा प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाउने तयारी गरेको छ।
प्रदेश २ का राजेश झा, गण्डकीका सीताकुमारी पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मानन्द यावदलाई हटाएर उनीहरुको ठाउँमा नयाँलाई नियुक्त गर्ने तयारी सरकारले गरेको हो।
आज दिउँसो ३ बजे बस्ने मन्त्रिपरिषद बैठकले यसबारे निर्णय लिने उच्च श्रोतले देश सञ्चारलाई जानकारी दियो।
केपी ओली सरकारले नियुक्त गरेका तीनजना प्रदेश प्रमुखलाई हटाएर उनीहरुको ठाउँमा कसलाई नियुक्ती गरिँदैछ भन्ने खुलेको छैन।
यसअघि देउवा सरकारले नियुक्त गरेका सातवटै प्रदेश प्रमुखहरुलाई हटाएर ओली सरकारले नयाँलाई नियुक्त गरेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…